प्रजातन्त्र प्राप्तिपछिका उपलब्धिहरूबाट सन्तुष्ट हुनुहुन्छ ?

- साप्ताहिक संवाददाता

फाल्गुन ९, २०७३-  

छैन ।
दिनेश डिसी, निर्देशक/अभिनेता

प्रजातन्त्र प्राप्तिपछि के नै उपलब्धि भएको छ र नेपालमा, सन्तुष्ट हुनलाई ? एउटा कुलमान घिसिङले कम से कम बिजुलीको व्यवस्थापन राम्रोसँग गरेकाले जनताले राहत पाएका छन्, तर लोडसेडिङको समस्या पनि त प्रजातन्त्रप्राप्ति पछिकै ‘उपलब्धि’ त हो नि !
प्रवीण श्रेष्ठ, भिजुअल सम्पादक/निर्देशक

०४६ सालमा पुन:स्थापित लोकतन्त्र जस्तै ०६२/०६३ मा प्राप्त गणतन्त्र पनि बाँदरको हातमा नरिवल होला कि भन्ने त्रास छ नि !
नारद खतिवडा, हास्य अभिनेता

असन्तुष्ट छैन ।
भीमज्वाला राई, मजदुर नेता 

सन्तुष्ट छैन, योभन्दा धेरै हुनुपथ्र्यो, गरिनुपथ्र्यो । हरेक क्षेत्रको अति राजनीतीकरण, जिम्मेवारीभन्दा अधिकारको बढी खोजी, विकासभन्दा पहिचानको धेरै भागदौडले आशातीत सफलता प्राप्त नभएको हो । अझै सुध्रिएर अघि बढ्ने समय हामीसँग छ । 
डा.समिर लामा, जनरल सर्जन

पटक्कै सन्तुष्ट छैन ।
डा. जागेश्वर गौतम, स्त्री रोग विशेषज्ञ

म प्रजातन्त्रमा जनताको हकहित सुरक्षित हुने मान्यता राख्छु, तर प्रजातन्त्रपश्चात् जे–जस्ता तन्त्र आए पनि जनताको सुखको पक्षमा पर्याप्त भएनन् । 
कमल के क्षेत्री, गायक

अहं, छैन ।
रञ्जनकुमार दाहाल, भुगर्वविद् 

उल्लेख्य उपलब्धि छैन । जे–जति विकास भए ती पनि उचित ढंगबाट हुन सकेनन् । 
छुल्ठिम गुरुङ, नायिका

उपलब्धि रे ? के हो त्यो भन्या ?
केकी अधिकारी, नायिका

प्रजातन्त्रका नाममा मनपरितन्त्र छ, त्यही हो उपलब्धि । 
उपकार घमाल, चित्रकार

सुनको तस्करी, लोडसेडिङका नाममा घोटाला, नेताहरूलाई विदेशको उपचार खर्च, नाकाबन्दी यस्ता अनेकौं उपलब्धि छन्, पुगिहाल्यो त । 
यम बराल, गायक

शादीका लड्डु खाए भी पछताए, नखाए भी पछताए जस्तो भएको छ, प्रजातन्त्र । 
राजु शाह, नृत्य निर्देशक

लोकतन्त्र आयो, त्यसपछि गणतन्त्र आयो, तर चलचित्र चाहिँ प्रजातन्त्र नै हिट हो ।
प्रकाश पौडेल, गायक

कुन उपलब्धिको कुरा गर्नुभयो महाशय ?
रवीन्द्रसिंह बानियाँ, अभिनेता/निर्माता

कुनै पनि उपलब्धिमा पूर्ण सन्तुष्टि हुँदैन र असन्तुष्टि पनि । प्रजातन्त्रका केही उल्लेखनीय उपलब्धि छन् भने केही दुर्गुण पनि छन्, तर मानवीय स्वभावअनुसार हाम्रो ध्यान उपलब्धिभन्दा पनि हानीतिर जान्छ । प्रजातन्त्रले दलीय स्वार्थ, अनावश्यक प्रतिस्पर्धा, बिखण्डनवादी सोच, प्रशासन यन्त्रमा कर्मचारी संगठनको अनावश्यक दबाब जस्ता विकृतिहरू जन्मायो भने वाक स्वतन्त्रता, व्यक्तिगत उन्नतिको अवसर, शिक्षा, स्वास्थ्य एवं सञ्चार क्षेत्रमा उल्लेखनीय उपलब्धिहरू दिएको छ । 
दीपकराज गिरी, अभिनेता/निर्माता

प्रजातन्त्र आयो र यो देशमा ?
अनुराग कुँवर, अभिनेता

म प्रजातन्त्र आएपछि जन्मिएको, त्यसैले मै हो उपलब्धि ।
सुरेन बसेल, नृत्य निर्देशक/अभिनेता

हरेक वर्ष फागुन ७ मा सार्वजनिक बिदा हुन्छ, मैले यही एउटा उपलब्धि अनुभव गरेको छु । 
हिमाल सागर, गायक 

 

प्रकाशित :फाल्गुन ९, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्