श्रीमती बाहेक अरू कसैसँग डिप लभ परेको छ ?

- साप्ताहिक संवाददाता

फाल्गुन ९, २०७३

 

श्रीमती बाहेक अरू कसैसँग डिप लभ परेको छ ?

हा..हा...जीवनको विभिन्न काखखण्डमा फरक–फरक खालका प्रेमहरू भए । स्कुल लाइफमा, कलेज लाइफमा वा प्रोफेसनल लाइफमा । ती सबै प्रेम थिए– कतिपय दुवै साइडबाट कतिपय एकतर्फी प्रेम थिए ती तर म त्यसको गहिराइमा गइन । जुन बेला प्रेमको गहिराइमा पुगेँ, त्यहीँ डुबें र म आज उनैसँग छु ।

 

कुनै युवतीको हातबाट पिटाइ खानुभएको छ ? 

नेभर एन्ड इभर । मैले आजसम्म त्यस्तो दिन भोग्नु परेको छैन । 

 

तपाईंलाई मनपर्ने नायिका को हुन् ? 

अफकोर्ष नीता ढुंगाना । चारवटा चलचित्र त तिमीसँग मात्र भैसक्यो । 

 

मसँग त्यत्रो चलचित्रमा काम गर्नुभयो, तर मलाई कहिल्लै प्रपोज गरौं जस्तो लागेन ? 

किन नलाग्नु ? लाग्यो नि । त्यही कारणले त गाला रातै गाला रातै भन्दै चियाबगानमा पछ्याएको हैन ? तिम्रा लागि लेकसाइडमा बसेर मायाको धुन बजाउँदै नोटबुक पनि लेखेको थिएँ मैले तर तिमी पनि इङ्गेज रहेछौ । म त झन् फुल्ली प्याक्ड...भुलभुलैयामा परिएछ । 

 

तपाईं चलचित्र क्षेत्रबाट बिस्तारै टाढा भए जस्तो फिल भैरहेको छ, किन होला ? 

धेरै गुडेपछि मेसिनलाई त आराम दिनुपर्छ, हामी मानिसले कहिलेकाहीँ केही रेस्ट पनि गर्नुपर्छ । काम मात्र कम गरेको हो, टाढा भएको होइन । 

 

तपाईंको विचारमा प्रेम चाहिँ के हो नि ? 

प्रेम एउटा भूत हो । जसलाई मानिसले अनुभव गर्न सक्छ तर देख्न सक्दैन । 

 

श्रीमती र प्रेमिकामध्ये एक जना छान्नुपर्‍यो भने ? 

श्रीमती...नो डाउट । 

प्रकाशित :फाल्गुन ९, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्