बिग आइकनमा उत्कृष्ट १२ प्रतिस्पर्धी छानिए

- रेम बिक

फाल्गुन ९, २०७३-
बिग आइकन उत्कृष्ट १२ जना राउण्डमा प्रवेश गरेको छ । आइतवार उत्कृष्ट १५ प्रतिस्पर्धी विच भएको प्रतिस्पर्धावाट ‘टप १२’ को टनोट गरिएको हो । 

उत्कृष्ठ १५ को राउण्डवाट राजन आलेमगर, सन्देश बिक र मनोजकुमार पुन बाहिरिएका हुन् । राजन यो प्रतियोगितामा भाग लिन चितवनबाट आएका हुन् । त्यस्तै सन्देश उत्कृष्ट १५ मा पर्ने सबैभन्दा कान्छा प्रतिस्पर्धी हुन् । उनी पहिलोपटक बिग आइकनमा सहभागी भएका थिए । बाहिरिने अर्का प्रतिस्पर्धी मनोजकुमार पुन अघिल्लो बिग आइकनमा पनि सहभागी भएर उत्कृष्ट १२ सम्मकै यात्रा तय गरेका थिए । 

यो सिजन अन्तरगत अघिल्लो राउण्ड मंगलबार हुने आयोजक बिग एफएमले जनाएको छ । ‘मंगलबार हुने अडिसनबाट उत्कृष्ट १० गायन प्रतिभाहरु छनोट हुनेछन् ।’ बिग एफएमका कार्यक्रम सायोजक संजोग बस्यालले भने– ‘त्यसपछि प्रतियोगिता अझै बढि पेचिलो बन्दै जानेछ ।’ उत्कृष्ट १० छनोट पछि प्रत्येक राउण्डमा १/१ जना गायन प्रतिभाहरु बाहिरिदै जानेछन् । र, यहि समयबाट प्रतियोगितामा प्रतिभाहरुलाई अगाडि बढाउन निर्णायकसँगै स्रोताको एसएमएस भोटिङले पनि भुमिका खेल्ने छ ।
उत्कृष्ट ३ प्रतिभा छनोटका लागि निर्णायकको ६० र स्रोताको एसएमएस भोटको ४० प्रतिशत अधिकार रहने एफएमले जनाएको छ । 

यो सिजनको बिग आइकनमा गायक श्यामसुङ तामाङ, विवेक श्रेष्ठ र संगीतकार सुनील थापा निर्णायक रहेका छन् । यसपटकको बिग आइकनमा ५४ जिल्लाका कुल १ हजार १ सय ५२ जना प्रतिस्पर्धीहरुले सहभागिता जनाएका छन् । 

प्रकाशित :फाल्गुन ९, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्