अर्को कुस्ती जोडी

- साप्ताहिक संवाददाता

फाल्गुन ९, २०७३

 

दुई चलचित्र सुल्तान र दंगलको सफलताले भारतीय कुस्तीमा अहिले सबैको आँखा छ । दंगलका एक प्रमुख पात्र गीता फोगाटले वास्तविक जीवनमा केही समयअघि अर्का कुस्ती खेलाडी योगेश्वर दत्तसँग विवाह गरेकी थिइन् । उनीहरूलाई पछ्याउँदै कुस्तीमा अर्को जोडी पनि तयार भएको छ र त्यो जोडी हो– नरसिंह यादव र सिल्पी सेरोन ।

 

नरसिंहले कमनवेल्थ गेम्समा स्वर्ण जितेका थिए भने उनी रियो ओलम्पिकमा  छनौट भएर पनि डोपिङका कारण खेल्नबाट वञ्चित भए । यस्तै सिल्पी एसियाली खेलकुदकी स्वर्ण विजेता हुन् । नरसिंहले प्रेम र विवाहको प्रस्ताव राखेपछि सिल्पीले त्यसलाई सहर्ष स्विकार गरेकी थिइन् । भारतीय कुस्तीमा यस्ता खेलाडी जोडी बढ्दैछन् र उनीहरूको खेलजीवन तथा प्रेमसम्बन्ध चलचित्रका लागि राम्रो कथा हुन सक्छ । 

प्रकाशित :फाल्गुन ९, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्