मोडलहरुको जमघटमा फेसन नाइट

- राजाराम पौडेल

फाल्गुन ८, २०७३-

पोखराका मोडल तथा विभिन्न सुन्दरी प्रतियोगीताका विजेता एकैसाथ फेसन नाइटमा देखिए । दोस्रो संस्करणको भ्यालेन्टाइन ब्लाष्ट म्युजिकल फेसन नाइट २०१७ मा उनीहरु यसरी देखिएका हुन् । 

फेसन नाइटमा मिस गण्डकी ज्योती राई, मिस आर्डेन्ट अनुषा श्रेष्ठ, मिस भ्याली स्टार अस्मिता श्रेष्ठ, गोल्डेन आइडल रोहन जंग र्‍यापमा देखिए । यसैगरी मिना, प्रतिक्षा, स्मिता, अनिष, रोनिषा, रन्जिता, पुजा, अलिसा, निस्मा, सुस्मिता, सुनित, सञ्जु, नान्सी, श्रेया, संगीता र जमुना पनि र्‍याममा उत्रीएका थिए

 । 

द न्यु विगनिङ व्याण्ड, आशिष एण्ड व्याण्डको लाइभ म्युजिक र सुमिन गुरुङ र आशिष सुवेदीको कमेडीमा दर्शकले मनोरञ्जन लिएका थिए । कार्यक्रमको थप आर्कषणमा नृत्य अनि विभिन्न परिकारको स्वाद पनि रह्यो । 

भ्यालेन्टाइन डे सकिएपछि  आयोजना गरिएको कार्यक्रममा मायालु जोडी रमाएका थिए ।

प्रकाशित :फाल्गुन ८, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्