अनुष्काको खण्डन

- एजेन्सी

फाल्गुन ८, २०७३-  

अभिनेत्री अनुष्का शर्माले सञ्चारमाध्यममा आएको एउटा समाचारको खण्डन गर्दै उनको प्रोडक्सनको दोस्रो चलचित्र ‘फिल्लौरी’ मा उनका प्रेमी भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीको लगानी नरहेको दाबी गरेकी छिन् । क्लिन स्लेट फिल्म्सको ब्यानरमा निर्माण भएको उक्त चलचित्रमा अनुष्का नै प्रमुख भूमिकामा छिन् । २८ वर्षीया अनुष्काका अनुसार उक्त चलचित्रमा उनकै ब्यानरका साथै फक्स स्टार स्टुडियोजको लगानी छ । सम्पूर्ण सञ्चारमाध्यमलाई म तथ्यमा आधारित समाचार लेख्न आग्रह गर्छु, अनुष्काले भनेकी छिन्— पत्रकारिताको कर्मलाई जिम्मेवारीपूर्वक निर्वाह गर्न आग्रह गर्छु ।

प्रकाशित :फाल्गुन ८, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्