बिपिको सिंगल छुमा गिरिशको र्‍याप

- साप्ताहिक संवाददाता

फाल्गुन ६, २०७३-  

गायक बिपि वाग्लेको स्वरको ‘सिंगल छु...’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । यो गीतमा गायक वाग्लेलाई डिजे गिरिश खतिवडाको फिचरिङ रहेको छ ।

मिसन इन्टरटेन्मेन्टले निर्माण गरेको उक्त गीतको भिडियोको निर्देशन रुद्र बोहराले गरेका हुन् ।

भिडियोमा पूर्व मिस नेपाल मलिना जोशी तथा विकास लामिछानेले अभिनय गरेका छन् । राचल शर्माको शब्द तथा सुरेश अधिकारीको संगीतको यो गीतको भिडियोमा दीपेन्द्र शाही ठकुरीले कोरियोग्राफी गरेका छन् । उत्सव दाहालले छायांकन गरेको भिडियोलाई टेकेन्द्र शाहले सम्पादन गरेका हुन् ।

म्युजिक भिडियो :
 

प्रकाशित :फाल्गुन ६, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्