इरादा

- एजेन्सी

फाल्गुन ६, २०७३-
 

निर्देशक : अर्पणा सिंह र निशान्त त्रिपाठी

संगीत : निरज श्रीधर

कलाकार : नसिरुद्धिन शाह, अरसद वारी, दिव्या दत्त तथा शरद केलकर आदि ।
गत साता अरसद वारसी अभिनीत ‘जोली एलएलबी’को सिक्वेल प्रदर्शनमा आएको थियो, जसमा उनलाई दोहोराइएन । केही समयअघि ‘इश्कियाँ’ र त्यसपछिको ‘डेढ इश्कियाँ’का जोडी नसिरुद्दिन शाह र अरसद वारसी धेरै समयपछि आज शुक्रबार फेरि पर्दामा एकसाथ देखा पर्दैछन् । ‘इश्कियाँ’ र ‘डेढ इश्कियाँ’ रमाइलो किसिमको प्रेमकथामा आधारित थियो भने आज प्रदर्शन हुने ‘इरादा’मा भने आतंकवादलाई मूल विषय बनाइएको छ ।

 

श्रृंखलाबद्ध बम बिस्फोटपछि मुम्बई सहरमा ठूला व्यापारी तथा व्यवसायीहरूले मुख्यमन्त्रीसँग अनुरोध गरेर नेसनल इन्भेस्टिगेसन अधिकृत अरसद वारसीलाई खटाउँछन् । उनले आफ्नो सहयोगका लागि एक पूर्वसैन्य अधिकृत नासिरुद्दिन शाहसँग भेटछन् । शाह आफ्नी छोरीको मृत्युको बदला लिन खोजिरहेका हुन्छन्, जसको त्यही बम बिस्फोटमा परेर मृत्यु भएको हुन्छ । सस्पेन्स एवं थ्रिल विधाको चलचित्र ‘इरादा’मा फेमिली ड्रामा तथा प्रेमकथा पनि समेटिएको छ ।

 

प्रकाशित: फाल्गुन ६, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्