बरालको मन भमरा सार्वजनिक

- साप्ताहिक संवाददाता

फाल्गुन ४, २०७३- गायक यम बरालको नयाँ गीति एल्बम ‘मन भमरा’ मंगलबार एक समारोहबीच उपराष्ट्रपति नन्दबहादुर पुनले विमोचन गरेका छन् ।

एल्बममा समावेश बराल र गायिका कोमल वलीले संयुक्त रुपमा स्वर भरेको गीत ‘मन भमरा’, यसैगरी नायिका रेखा थापासँग गाइएको ‘भुइँको माया टिप्न खोज्दा’, उनको एकल स्वरको ‘सप्तरंगी इन्द्रेणी’ र ‘सागरबीचको मोती’ बोलका गीतको म्युजिक भिडियो पनि सार्वजनिक गरिएको थियो । 

कार्यक्रममा बोल्दै उपराष्ट्रपति पुनले बराल आफूलाई मनपर्ने गायक भएको भन्दै एल्बम बिमोचन गर्न पाउँदा खुशी लागेको बताए । आफू नेपाली गीत–संगीतमा खर्चेको लामो समय खेर जान नदिउँ भन्ने संकल्पका साथ नेपाल फर्किएको बताउँदै यमले पुनरागमनका रुपमा लिन आग्रह गरे । 

कार्यक्रममा बरालले ‘उनका कुरा’, ‘अब चोटहरूले’, ‘दिलमाया’, ‘निष्ठुरीले छोडेर गइहाली’ जस्ता आफ्ना नयाँ तथा पुराना गीतहरू गाएर सुनाएका थिए । एल्बममा समावेश अन्य गीतहरूमा ‘मरी लानु क्या छ र’, ‘उनका कुरा’, ‘सारंगीको धुन’, ‘पिउँदै नपिउने मान्छे’, ‘मेरो बदनाम’, ‘जिन्दगीभरिलाई’ र ‘म मात्तिएको बेला’ लगायत १० गीत समावेश छन् । 

विन्ध्यवासिनी म्युजिक कम्पनीद्वारा उत्पादित यस एल्बममा रहेका गीतहरुको रचना राजेन्द्र थापा, मुकुन्दराज शर्मा, जेपी ढुंगेल, विमल डाँगी, रोशन पाल्पाली, बरन राना, राम लामा तथा प्रकाश गौचनले गरेका छन् भने संगीत दीपक शर्मा, शान्तिराम राई, गणेश पराजुली, आलोकश्री, विमल डाँगी, किरण श्रेष्ठको रहेको छ । तीन गीतमा भने बराल आफैंले संगीत भरेका छन् ।

 

 

प्रकाशित :फाल्गुन ४, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्