प्रेमको उदार ठेगाना हो काठमाडौं

- किशोर नेपाल

उतिबेला भ्यालेन्टाइन डे मनाउने चलन थिएन । भ्यालेन्टाइन डेको नाम कसैले सुनेको पनि थिएन सायद । अघिपछि पनि अहिलेको जस्तो केटा–केटीले एक–अर्कालाई गुलाफको फूल र अरू नाना प्रकारका गिफ्ट दिने चलन पनि थिएन । त्यतिबेलाको समाज उदार थियो । केटा–केटीको खेलमा अलिकति आँखा चिम्लिदिन्थ्यो ।

फाल्गुन ४, २०७३- 

८० वर्षमा पाइला टेकेका पुराना राजनीतिज्ञ पी.एल. सिंहका लागि ‘उमेर भनेको जीवनको एउटा सन्दर्भ मात्र हो । बुढेसकाल मानिसको शारीरिक परिपक्वता हो । प्रेम र शरीरको मागले तरुनो र बूढो केही भन्दैन । बूढाहरू प्रेममा रम्न सक्छन । युवकहरू भाग्न खोज्छन । यस्तो पनि देखिएको छ । उसै पनि काठमाडौं प्रेम र यौनका मामिलामा एकदमै उदार सहर हो । यो सहरले पाखण्ड जानेको छैन ।

 

पी.एल. भन्छन्, ‘मेरो जीवनको ८० वर्षमध्ये ३० वर्ष पञ्चायतले खायो र १५ वर्ष गिरिजाप्रसादले । यो सहरमा मैले प्रेम गर्ने समय नै पाइनँ । पहिले–पहिलेको समयमा सक्कलीको खोजी हुन्थ्यो । पछिल्लो समयमा मैयाँहरू पनि नक्कली भेटिने र राजनीति पनि त्यस्तै ।’ पी.एल.का हजुरबा खानदानी व्यापारी थिए काठमाडौंका । ‘चोखाछें गल्लीका साहू हीरामान मोहनमान भनेपछि रामेछापदेखि लमजुङसम्मका मानिस ओइरिने । भारी बोक्न तरुनी केटीहरू पनि आउने । कति केटीसँग त इन्स्टान्ट लभ हुने । फेरि लभ भनेर हिजोआजको जस्तो होइन । एकदमै आत्मीय । मन पर्‍यो भने बोल्ने । सेक्सको त प्रसंग नै थाहा छैन ।

 

पी.एल.को प्रारम्भिक शिक्षा शान्ति निकुन्जमा पूरा भयो । त्यसपछि उनलाई फर्पिङमा खोलिएको त्रिभुवन आदर्श विद्यालयमा पठाइयो । त्यतिबेला, घरमा तह लाउन नसकिएका केटा–केटीलाई बोर्डिङमा पढाउने चलन थियो । सुरुमा त उनलाई दार्जीलिङ पढ्न पठाउने योजना बनेको थियो घरमा, तर दार्जीलिङमा पढ्न गएकालाई गाईको मासु ख्वाइन्छ भन्ने चर्चा थियो त्यो बेलाको काठमाडौंमा । त्यसैले पी.एल.लाई फर्पिङ स्कुलमा भर्ना गरियो ।

 

‘१४–१५ वर्षको मानिस । म ह्यान्डसम नहुने त कुरै थिएन’, फर्पिङ स्कूलमा उनको प्रेम भयो एउटी केटीसँग । ‘लभ फ्लोज फ्रम म्यूट नेचर’ त्यस्तै थियो । प्रेम त जहिले पनि स्लो मोसनमा हुन्छ । मलाई स्लो मोसनकी काली–काली ‘सलुख्वा’ (घोडाको जस्तो मुख भएकी) केटी मन पर्ने । अहिले उनको नाम लिन भएन । त्यतिबेला यस्तो घटना आइरहन्छ, गैरहन्छ भनेर चित्त बुझाउन पनि नमिल्ने । ट्रेजेडी भन्न पनि नमिल्ने । एक त म राम्रो भएकाले मलाई सबैले मन पराउने । सबैले मन पराएपछि एउटीसँग बिहे गरेर अरू सबैको चित्त दुखाउन पनि नमिल्ने ।’

 

‘अब, काठमाडौं लन्डनजस्तो त होइन । लन्डनमा पो प्रेम र सेक्स फास्ट फुड जस्तो’, पी.एल. भन्छन् । ‘लभ भनेको उभिई–उभिई हुने विषय त होइन नि । त्यसका लागि त स्पेस चाहिन्छ । स्पेस र टाइम दुवै चाहिन्छ ।’ पी.एल.को बनोट सामान्य हिसाबले भएको होइन । उनी आफ्नो धुनका पक्का छन् । आधाभन्दा बढी संसार घुमेका पी.एल.लाई छोय्ला, कचिला, आलु र चिउराले तानेकाले उनी ११ महिना १५ दिनको भ्रमणपछि स्वदेश फर्किए । इजरायल जाने कार्यक्रम उनले हापिदिए, किनभने ‘इजरायलमा त कचिला नपाइने ।’

 

पी.एल. नेपालका मन्त्री पनि भए र काठमाडौंका मेयर पनि, तर जहाँ गए पनि र जे गरे पनि काठमाडौंबाट उनी कहिल्यै बाहिर भएनन् । काठमाडौंमा यति व्यापक जनसम्पर्क भएका र काठमाडौंका एक–एक गल्लीको लम्बाइ–चौडाइ नापेका पी.एल. अहिले पनि जनसम्पर्कमा त्यत्तिकै सक्रिय छन । उनको सक्रियता देख्दा पी.एल. ८० वर्षका भएको कमैले पत्याउलान् ।उतिबेला भ्यालेन्टाइन डे मनाउने चलन थिएन । भ्यालेन्टाइन डेको नाम कसैले सुनेको पनि थिएन सायद । अघिपछि पनि अहिलेको जस्तो केटा–केटीले एक–अर्कालाई गुलाफको फूल र अरू नाना प्रकारका गिफ्ट दिने चलन पनि थिएन । त्यतिबेलाको समाज उदार थियो । केटा–केटीको खेलमा अलिकति आँखा चिम्लिदिन्थ्यो । प्रेमी–प्रेमिकाले आपसमा आदान–प्रदान गरेको उपहारको साइज कमसेकम खल्तीमा अटाउने भएन भने घरमा के जवाफ दिने ? यो त समस्या नै हुन्थ्यो ।

 

समाज उदार भए पनि काठमाडौंका केटीको अनुहार हेर्न भोज कुर्नुपथ्र्यो । जब भोज हुन्थ्यो त्यतिबेला अन्तीबाट ऐला खन्याउने केटीहरू हुन्थे । केटीहरू केटाहरूको अगाडि राखिएको पालामा ऐला खन्याउँथे र केटाहरू केटीहरूको अनुहार हेर्थे । एक हिसाबले यो केटा र केटीका लागि एक–अर्कालाई चिन्ने अवसर हुन्थ्यो । नेपाली भ्यालेन्टाइन डेको ऐतिहासिक सन्दर्भ । पी.एल.थिए प्याम्पर्ड चाइल्ड । हजुरबाको नाति । माया नै मायाको थुप्रोमा हुर्किएका । अहिले पनि मायाको थुप्रोमा लुटपुटिएका छन् उनी । यद्यपि 

ह्यान्डसम पी.एल. आफ्ना ती सबै भ्यालेन्टाइनको नाम लिन चाहँदैनन् ।

 

प्रकाशित :फाल्गुन ४, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्