नाजिर राज्जा, केकी रानी

- साप्ताहिक संवाददाता

फाल्गुन १, २०७३-  

मधेशको एक प्रेमकथामा फागुन ५ गतेबाट बन्ने चलचित्र ‘राज्जा रानी’मा अभिनेता नाजिर हुसैन राज्जा र अभिनेत्री केकी अधिकारी रानीको चरित्रमा देखिने भएका छन् । आज एक समारोहबीच भएको चलचित्र ‘राज्जा रानी’को मुहुर्त कार्यक्रममा नाजिर दुलहा र केकी दुलहीको भेषमा देखापरे । भुवन केसी, रेखा थापा, प्रदिपकुमार उदय, गोपाल कायस्थलगायतका चलचित्रकर्मीहरुको उपस्थितिमा यम थापाको निर्देशनमा बन्ने चलचित्र ‘राज्जा रानी’को बारेमा विस्तृत जानकारी दिइयो ।

 

निर्देशक थापाकै लेखन रहेको चलचित्रलाई रमेश एमके पौडेलले बनाउँदैछन् भने अनलाइन पत्रकारका रुपमा चिनिएका अनुप भट्टराई ‘फरककोण’ लाइन प्रोड्युसरका रुपमा रहेका छन् । नाजिर र केकी बाहेक चलचित्र ‘राज्जा रानी’मा कामेश्वर चौरसिया, अरुण रेग्मी, दीपक क्षेत्री आदि कलाकारहरु पनि रहनेछन् । ताराप्रकाश लिम्बु र दिपक शर्माको संगीत सुन्न पाइने चलचित्र ‘राज्जा रानी’का छायांकार पुरुषोत्तम प्रधान हुन् ।  

प्रकाशित :फाल्गुन १, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्