फेसन मन्थमा २४ जना

- विमल खतिवडा

माघ २८, २०७३-  

मञ्जरी ग्रुपले पहिलो पटक आयोजना गर्न लागेको फेसन मन्थका लागि २४ जना मोडल छनौटमा परेका छन् । फेशन मन्थको अडिसनमा ५० जना युवा तथा ३० जना युवतीको सहभागिता थियो । मञ्जरी फेसन मन्थमा छनौट भएकामध्ये २४ जना मोडल बिहीबार चितवनको भरतपुरमा आयोजित र्‍याम्पमा प्रस्तुत भए । अडिसनबाट छानिएका चितवनकै मोडलहरूलाई उक्त र्‍याम्पमा उतारिएको थियो ।

 

उक्त अवसरमा बीएफटी डिजाइन तथा इभल्व मेन्स वेयरले तयार गरेका आकर्षक पहिरन प्रस्तुत गरिए, जसमा युवतीहरूको वान पिस र गाउन आकर्षक रह्यो भने युवाहरूको क्याजुअल वेयर र फर्मल पहिरन पनि सबैको नजरमा पर्‍यो । प्रज्ञा तिवारीले कोरियोग्राफी गरेको उक्त फेसन शोमा सन्दीप पोखरेल, मिस अरोमा चितवन इशा प्रधान तथा मिस स्नो ह्वाइट क्यारोल श्रेष्ठसमेत मञ्चमा देखा परेका थिए ।
 

 

प्रकाशित: माघ २८, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्