चलचित्रको कथा लेख्न गाह्रो

- नरेन्द्र रौले

माघ २६, २०७३

 

छक्का पञ्जा, वडा नम्बर ६, अन्तराल र श्री ५ अम्बरे जस्ता चलचित्रका पटकथा लेखक

हुन्, अभिमन्यु निरबी । उनको पहिलो कथा संग्रह साउने झरी प्रकाशित छ । अभिमन्यु सरल र मन छुने भाषा शैलीमा लेख्न खप्पिस छन् । एन्टेना फाउन्डेसनसँग आबद्ध उनै अभिमन्युसँग गरिएको कुराकानी : 

तपाईको पहिलो पुस्तक साउने झरीले कस्तो प्रतिक्रिया बटुल्यो ?

जतिले पढ्नु भयो सकारात्मक प्रतिक्रिया दिनुभयो । तर धेरै ठाउमा पुर्‍याउँन नसकेको महसुस भएको छ । 

तपाईले भर्खरै कुन पुस्तक पढ्नुभयो ?

चाइनीज उपन्यास रिक्सावाला  । यो पुस्तक सन् १९५४ मा लेखिएको हो । 

यतिबेला कुन पुस्तक पढ्दै हुनुहुन्छ ?

साराह दुनान्टको द बर्थ अफ भेनस र अरुन्धती रायको द गड अफ स्मल थिङ्स् । 

पढ्न मन लागेको तर नपाएको पुस्तक कुनै छ ?

उपमन्यु चटर्जीको इङ्लीस अगस्ट छ । 

तपाईले सबैभन्दा दोहोर्‍याएर पढ्नु भएको पुस्तक ?

धच गोतामेको घामका पाइला ।

तपाईलाई कस्तो पुस्तक पढ्न मनपर्छ ?

बिशेषगरी केही न केही मुद्दाहरुलाइ सम्बोधन गरेको । ताकी त्यो पुस्तक पढिसकेपछि त्यस बिषयमा केही सोच्न बाध्य बनाओस् । 

पढेका मध्ये सबैभन्दा मन परेको पुस्तक ?

द हन्ड्रेड इयर्स अफ सोलिच्युड, ट्रेन टु पाकिस्तानलु । 

तपाईका प्रिय लेखकहरु को–को हुन् ?

मार्खेज, ओ हेनरी, नयनराज पान्डे र पारिजात । 

कुन समयमा लेख्न, पढ्न मनपर्छ ?

प्राय रातीको समयमा । त्यतिबेला कसैको फोन पनि आउँदैन । पूरै समय आफ्नो जस्तो लाग्छ । 

पुस्तकमा कति खर्च गर्नुहुन्छ ?

हिजोआज अनलाइनमा पनि धेरै किताबहरु पाइने हुनाले महिनाको दुइ हजार रुपैंयाँ जति खर्च गर्छु । 

सबैले पढ्नैपर्ने पुस्तक ? कुन सिफारिस गर्नुहुन्छ ?

त्यो चाहि महाभारत नै हो । त्यसमा सस्पेन्स छ । धोका छ । प्रेम छ । इमोसन छ । सुन्दर समाज छ । कुरुप समाज छ । सबै छ । 

सिनेमामा कथा लेख्न सजिलो कि पुस्तक लेख्न ?

दुबै गाह्रो छ । 

रेडियोमा नाटक पनि लेख्नु भयो । फिल्म र रेडियो नाटक लेखनमा के फरक छ ?

आधार एउटै हो । रेडियोमा दृश्यको कुरालाइ पनि संवादले भन्नुपर्छ तर चलचित्रमा भिज्युअल भाषा बढि हुन्छ । 

 

प्रकाशित :माघ २६, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्