निर्देशनलाई तयार छैन

- सुव्रत आचार्य

माघ २६, २०७३-  

निशा अधिकारी, नायिका 

चलचित्र किन बनाउन लाग्नुभयो ?
म यही क्षेत्रमा छु र भविष्यमा पनि चलचित्रमा योगदान 
दिनैपर्छ भन्ने लागेर निर्माणमा हात हालेकी हुँ । 

 

आफूले अभिनय गरेका चलचित्रले खासै उपलब्धि हासिल गर्न सकेनन् भनेर त होइन ?
होइन, उपलब्धि नदिएका भए आज मलाई तपाईंले नायिका वा अभिनेत्री भनेर चिन्नुहुन्थ्यो ? चलचित्रले व्यवसाय गर्न नसक्नु अर्कै कुरा हो । 

 

आफ्नो चलचित्रमा आफैं नायिका किन नभएको नि ?
म आफ्नो पहिलो प्रोजेक्टमा शुद्ध निर्माताका रूपमा त्यही काममा मात्र आफ्नो ध्यान केन्द्रित 
गर्न चाहन्छु । 

 

म्युजिक भिडियो त निर्देशन गरिसक्नुभएको थियो, चलचित्र निर्देशन पनि गरेको भए हुन्थ्यो त ?
म्युजिक भिडियो निर्देशन गर्नु र चलचित्र निर्देशन गर्नुमा निर्देशन शब्दमा समानता होला, तर चलचित्र निर्देशन गर्न म अझै तयार भैसकेकी छैन । भविष्यमा 
गर्न सक्छु । 

 

सिमोस सुनुवारलाई निर्देशक लिनुको कारण ?
निर्देशकीय क्षमता र प्रतिभा । एउटा निर्देशक राम्रो चलचित्र सम्पादक बन्ला–नबन्ला, तर एउटा राम्रो चलचित्र सम्पादक राम्रो निर्देशक पनि हुन सक्छ । सिमोसजीले त्यो कुरा प्रमाणित गरिसक्नुभएको छ । 

 

चलचित्रको शीर्षक ‘झ्यानाकुटी’ राख्नुभएको रहेछ, के यो हास्यप्रधान चलचित्र हो ?
शीर्षक सुन्दा त मलाई पनि त्यस्तै लाग्छ । 

 

सौगात मल्ल र बेनिशा हमालको जोडी जम्ला जस्तो लाग्छ ?
जोडी जम्नेभन्दा पनि चलचित्रमा दर्शकले यी दुईको ‘केमस्ट्री’ रुचाउने कुरामा ढुक्क छु । 

 

निर्माता भैसकेपछिको पहिलो अनुभव ?
कलाकार भएर कजाए जस्तो सजिलो छैन निर्माता बन्न । 

प्रकाशित :माघ २६, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्