मोडल विपना थापा गायनतिर

- साप्ताहिक संवाददाता

माघ २५, २०७३- 

मोडलिङ तथा कोरियोग्राफीमा रमाईरहेकी विपना थापा अब गायनतिर लागेकी छिन् । उनले पहिलो पटक स्वर भरेको ‘तिमै्र नाउँमा यो जीवन’ बोलको गीत सार्बजनिक भएको छ । यस गीतको भिडियोमा विपना स्वयंले मोडलिङ गरेकी छन् । 

 

यस भिडियोमा उनी फेसन डिजाइनर कमल मानन्धरले डिजाइन गरेको पहिरनमा देखिएकी छन् । यो भिडियो चोभारमा छायांकन गरिएको हो । यस पहिरनका लागी ८० मिटर कपडा प्रयोग भएको कमलले बताएका छन् । भिडियो रिलिजसँगै अहिले विपनाले पहिरिएको पहिरनले पनि चर्चा पाइरहेको छ ।

 

राकेश गुरुङको एरेञ्ज रहेको ‘तिम्रै नाउँमा यो जीवन’ गीतमा  संगीत तथा शब्द प्रमोद कोइरालाको रहेको छ । यस भिडियोलाई अर्जुन अधिकारीले निर्देशन गरेका हुन् । यसमा हरि हुमागाँइको छायांकन र निशान घिमिरेको सम्पादन रहेको छ । 

भिडियो

 

प्रकाशित :माघ २५, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्