मनपरेको व्यक्तिलाई बहुमूल्य उपहार ?

- सुव्रत आचार्य

माघ २५, २०७३-  

महँगो घडी दिन्थेँ, किनभने घडी सदा साथमा रहने र समय–समयमा सम्झना गराउने उपहार हुनसक्छ।
बाबु बोगटी, गायक/अभिनेता

पहिले त एक चुप्पा दिन्छु, त्यसपछि उसलाई के चाहिएको छ ? भनेर सोध्छु । सबैभन्दा ठूलो कुरा उसलाई खुसी दिनु हो, त्यसैले सबैभन्दा धेरै खुसी दिन्छु । 
रितु कँडेल, गायिका

म आफ्नी श्रीमतीका लागि एउटा शानदार घर बनाइदिन्थेँ । 
युगल पोमो लिम्बू, म्युजिक भिडियो निर्देशक

उसले जीवनमा समस्या परेका बेला प्रयोग गर्न सक्ने वस्तु । 
पूजा शर्मा, अभिनेत्री

म मेरी छोरी आहानालाई आइप्याड प्रो नाइन प्वाइन्ट सेभेन दिन्थेँ । 
दिनेश पाण्डे, निर्देशक, लक्ष्मी बैंक

मेरा लागि मेरा गीत नै बहुमूल्य छन् । साथीभाइ तथा श्रीमतीलाई उपहार दिनु परेको खण्डमा समय सन्दर्भ मिल्ने मेरा गीतको सिडी उपहार दिन्छु । 
योगेन्द्रमणि दाहाल, गीतकार

मनपरेको मानिसलाई म आफ्नो मन दिन्थेँ । मनभन्दा बहुमूल्य अरू केही हुन सक्ला त ?
सुरबिना कार्की, अभिनेत्री

वाईफाईको पासवर्ड ।
केकी अधिकारी अभिनेत्री

म मेरी श्रीमतीलाई माया उपहार दिन चाहन्छु किनभने संसारको सबैभन्दा बहुमूल्य चिज नै माया हो । 
किरण माइकल, लेखक/गीतकार

पुस्तक ।
ब्रजेश खनाल, लेखक

मायाभन्दा बहुमूल्य त के होला र ?
दिपज्योति थापा, सञ्चारकर्मी

मसँग भएको बहुमूल्य उपहार मेरो माया नै हो, जुन आजसम्म कसैलाई दिएकी छैन । त्यसैले म त यही उपहार दिन्छु ।
जया ओझा, लेखिका

सही सूचना र ज्ञान दिन्छु । 
राजकुमार महतो, सामाजिक कार्यकर्ता

बुद्धको मूर्ति
अमित पोखरेल, मोडल

मलाई मन परेको व्यक्तिका लागि सबैभन्दा बहुमूल्य भनेको मै त हुँ । त्यसैले उनलाई भन्नेछु ‘हेर प्यारी, तिमीलाई जनम–जनम मै उपहार भैदिन्छु ।’

अर्जुन पोखरेल, संगीतकार

 
श्रीमान्लाई उहाँले चाहेको बेस्ट चिज दिन्छु ।
सुष्मा महरा, सौन्दर्यकर्मी

मन परेको मानिसलाई मैले जे उपहार दिए पनि मनपर्छ, अनि त्यो ढुंगा भए पनि बहुमूल्य हुन्छ ।
शान थापा, डिजाइनर

म रेशमा तिमिल्सिनालाई एउटा हास्य टेलिचलचित्र बनाएर दिँदैछु । किनभने उनमा मेरो बहुमूल्य उपहार सम्हाल्ने हैसियत पनि छ । उनले मेरो उपहारको महत्व राख्छिन् । 
किशोर भण्डारी, डिट्ठा साब

एउटा कलाकारलाई नवरस बाहेक अर्को रस खोजेर दिने थिएँ जसले गर्दा उसलाई जीवन्त अभिनय गर्न थप ऊर्जा मिलोस् । 
रोशन कुमार, निर्देशक

आमासँग बसेर आइम्याक्स प्रविधिमा थ्रीडी चलचित्र हेर्ने मन छ । त्यसकै टिकट हुनेछ मैले मेरी आमालाई दिने बहुमूल्य उपहार । 
अमरदीप सापकोटा, निर्देशक

साथीलाई साथ तथा परिवार र श्रीमतीलाई माया ।
गौरीशंकर धुजुँ, छायाँकार

 

प्रकाशित: माघ २५, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्