श्वेताको कमब्याक

- साप्ताहिक संवाददाता

माघ २५, २०७३

 

दिवंगत अभिनेता श्रीकृष्ण श्रेष्ठसँगको वैवाहिक जीवन क्षणभरमै समाप्त भएपछि शोकमा डुबेकी श्वेतालाई उक्त शोकबाट बाहिर आउन धेरै समय लाग्यो । श्रीकृष्णको शोक मनमा भए पनि उनी आफूलाई विभिन्न कर्ममा व्यस्त बनाएर शोकलाई शक्तिमा परिवर्तन गर्नतर्फ लागिन् । एकसाथ चारवटा व्यवसायमा हात हालेर सफलता पाउँदै गएकी श्वेता केही समययता खुसी देखिन थालेकी छिन् ।

 

आफूलाई सम्हाल्न सक्षम भएपछि यो वर्षको अन्तिमसम्ममा उनी पुन: चलचित्र निर्माणमा हात हाल्दैछिन् । श्वेता आफैं उक्त चलचित्रकी नायिका हुन्छिन् कि अरू कसैलाई लिन्छिन् भन्ने विषयमा केही नबोलेको बताइए पनि श्वेता खड्काको मनस्थिति भने आफैं नायिका हुने रहेको उनका निकटस्थहरू बताउँछन् । 

 

प्रकाशित :माघ २५, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्