कायरा फेसन शो रनवे फाइभ

- साप्ताहिक संवाददाता

माघ २३, २०७३

 

कायरा बुटिकले शनिबार कमलपोखरीस्थित सिटी सेन्टरमा कायरा फेसन शो रनवे फाइभ आयोजना गरेको छ । ५ वटा सिक्वेन्सका लागि २० जना मोडल र्‍याम्पमा उत्रिएका थिए । उक्त फेसन शोमा रामकृष्ण ढकाल एवं धीरज राइले सांगीतिक माहोल तताएका थिए भने हास्यकलाकार महादेव त्रिपाठीको पनि उस्तै दमदार प्रस्तुति रह्यो । 

हरेक वर्ष जाडो मौससमा डिजाइनर रोजिना श्रेष्ठले कायरा फेसन शो आयोजना गर्दै आएकी छिन् । यसपटक पानीपोखरीस्थित आइसाज कलेक्सनकी डिजाइनर आइसा लामाका डिजाइन पनि रनवेमा प्रस्तुत भएका थिए । फेसन शोमा मेलिना मानन्धर स्पेशल ब्राइडल पहिरनमा र्‍याम्पमा हिँडेकी थिइन् भने दीपाश्री निरौला, वर्षा राउत, ऋचा शर्मा, स्वस्तिमा खड्का  नीलम शाह ढकाललगायतका सेलिब्रेटीहरू पार्टी वेयर पहिरनमा सजिएर र्‍याम्पको माहोल गर्माएका थिए ।

व्यवसायको प्रमोसन गर्न तथा फेसनपारखीहरूको फेसनप्रतिको मोह बुझ्न र ट्रेन्डलाई  बढावा दिन हरेक वर्ष कायरा फेसन शो आयोजना गर्दै आएको आयोजक डिजाइनर रोजिना श्रेष्ठले बताइन् । 

तस्विरहरु : महेश प्रधान 

प्रकाशित :माघ २३, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्