अभिनेता किसन सुनारको लभमन्त्र

- साप्ताहिक संवाददाता

माघ २३, २०७३-  

  • प्रेम चेतनशील प्राणीमा हुने एक प्रकारको अनुभूति हो, जो हरेक मानिसमा हुन्छ । 
  •  प्रेम हावाजस्तो हुन्छ । हावालाई हामी न देख्न सक्छौं, न त छुन नै सक्छौं । यसलाई केवल अनुभूतिमात्र गर्न सकिन्छ । 
  • माया–प्रेममै यो संसार 
  • अडेको छ भन्ने कुरा हामीले बिर्सनु हुँदैन । 
  • जहाँ माया, त्यहीं विश्वास । जहाँ विश्वास, त्यहीं सन्तुष्टि ।
  • यदि माया छ भने भरोसा पनि हुनुपर्छ । 
  • जसलाई माया गरिन्छ, उसको कदर तथा इज्जत पनि गर्न जान्नुपर्छ । 
  • मन पर्नु तथा माया गर्नु अलग–अलग पाटो हो । यो कुरा नबुझ्दा प्रेमको गलत अर्थ लाग्छ । यही गल्तीका कारण अहिलेको पुस्ता प्रेमको गलत बाटोमा हिंडिरहेको छ । 
  • माया प्राप्ति हो भने यही माया त्याग पनि हो । माया तपस्या, पूण्य अनि खुसी पनि हो । 
  • माया आफैं हुन्छ, गर्छु भनेर गरिंदैन । 
  • प्रेम एउटा प्राकृतिक उपहार पनि हो । 

 

प्रकाशित :माघ २३, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्