फल विन्टर फेसन पुरुषहरूका लागि

- साप्ताहिक संवाददाता

माघ २३, २०७३- 

कोट

अहिले बजारमा पुरुषका लागि ३ हजार ५ सयदेखि ६ हजार रुपैयाँसम्मका विभिन्न स्टाइलका हल्का कोट उपलब्ध छन् । विभिन्न साइजमा खरिद गर्न सकिने यस्ता कोटमध्ये कोरियन, वान बटन, टु बटन, कोलार, फोल्डिङ, नेक तथा नन् फोल्डिङ नेक कोट बढी प्रचलित छन् । विवाहको अवसरमा यस्ता कोटको माग बढी हुन्छ । 

 

उलन टिसर्ट

हल्का चिसो मौसमका लागि बजारमा विभिन्न स्टाइलका उलन टिसर्ट उपलब्ध छन् । यस्ता टिसर्ट १ हजार ५ सयदेखि २ हजार ५ सय रुपैयाँसम्ममा खरिद गर्न सकिन्छ । ऊन, सुती तथा भेल्भेट मिश्रित टिसर्ट विशेष गरी भिनेक, हाइनेक तथा राउन्ड नेकमा उपलब्ध हुन्छन् । नीलो, कालो तथा रातो मिश्रित गाढा रङ्गमा पाइने यस्ता टिसर्टको फेसनले यतिबेला बजार गर्माएको छ ।

 

स्वीटर

अहिले हल्का उलन स्वीटर प्रचलनमा छ । भी नेक, क्लोज नेक, चेक, ननचेक, स्ट्रिप तथा ननस्ट्रिपजस्ता डिजाइनमा उपलब्ध जिपर र बटन दुवै स्टाइलमा पाइने स्वीटर १ हजार ५ सयदेखि २ हजार ५ सय रुपैयाँसम्ममा खरिद गर्न सकिन्छ ।

 

ज्याकेट

बजारमा पुरुषका लागि २ हजारदेखि ४ हजार रुपैयाँसम्मका विभिन्न स्टाइलका ज्याकेट उपलब्ध छन् । पातलो र हल्का तथा हाफ, स्लिभलेस ज्याकेट प्राय: हल्का एकल रंग वा गाढा रङ्गमा खरिद गर्न सकिन्छ।

 

कार्डिगन

कार्डिगनलाई पुरुषहरूको स्टाइलिस पहिरन मानिन्छ । नीलो, कालो, खैरो तथा पहेंलो रङ्गमा उपलब्ध कार्डिगन १ हजार ५ सयदेखि २ हजार ५ सय रुपैयाँसम्ममा खरिद गर्न सकिन्छ ।

 

हुडी

हुडी अहिलेको मौसमका लागि निकै उपयोगी पहिरन हो । ५–६ वर्षदेखि फेसनमा रहेको हुडी प्राय: कटनबाट तयार गरिन्छ । हुडी जिपर र नन जिपर, टोपी भएको वा नभएको जस्ता स्टाइलमा उपलब्ध हुन्छन् । अहिले हुडीको लुज र बडी फिटिङ स्टाइल फेसनमा छ । २ हजारदेखि ३ हजार रुपैयाँसम्ममा आफूलाई मनपर्ने रंगको हुड्डी खरिद गर्न सकिन्छ । 

 

सर्ट

फर्मल, इन्फर्मल दुवै स्टाइलमा प्राय: सबै पुरुषले सर्ट प्रयोग गर्दै आएका छन् । अहिले बजारमा ऊलन, कटन तथा मिश्रित फ्याब्रिकका सर्टहरू उपलब्ध छन् । रातो, कालो र सेतो बाहेक अहिले पुरुषहरू बहुरंगी सर्ट पनि मन पराउँछन् । यस्ता सर्ट २ हजार रुपैयाँदेखि २ हजार ५ सय रुपैयाँसम्ममा खरिद गर्न सकिन्छ ।

 

ट्राउजर पाइन्ट

जिन्स, फर्मल पाइन्टबाहेक अहिले स्ट्रेचेबल ट्राउजर पनि फेसनमा छ । १ हजार ५ सयदेखि ३ हजार रुपैयाँसम्ममा खरिद गर्न सकिने पाइन्ट तथा ट्राउजरमा नीलो र कालो रङ्ग बढी चलेका छन् । 

 

तस्बिरहरू : श्रुति श्रेष्ठ

स्रोत : म्याग्नेट, गावाहल, ललितपुर

प्रकाशित :माघ २३, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्