प्रेममा धोका किन हुन्छ?
माघ २३, २०७३
प्रेम हो भने धोका हँुदैन । धोका भयो भने त्यो प्रेम थिएन भन्ने बुझ्नुपर्छ ।
सुन्दर करुप
दुवै अरूतिर निर्भर भएर । आफूमा विश्वास पनि हुनु जरुरी छ ।
छिरिङ लामा
अपरिपक्वताका कारण हो कि ?
वसन्त
विश्वास नभएर ।
अस्मिता
यो प्रकृतिको नियम हो ।
वैद्य सिंह
एक–अर्काप्रति विश्वास भएन भने धोका हुन्छ ।
थारु केटो
विश्वासको कमी तथा बोली, व्यवहारका कारणले प्रेममा धोका हुन्छ ।
नीलिमा विष्ट
अविश्वासका कारणले यस्तो हुन्छ ।
जरिना श्रेष्ठ
पैसाको कमीले ।
अनमोल
व्यक्तिगत स्वार्थ र धनसम्पत्तिका कारणले ।
सदीक्षा गुरुङ
प्रेममा धोका हुन्छ भन्ने थाहा हुँदाहँुदै किन प्रेम गर्नुपर्यो ?
चमत्कार
माया–प्रेममा धोका हुन्छ भन्ने थाहा हुँदाहुँदै पनि मुन्छे मुया लाउने चक्करमै हुन्छ, किन ?
मन
प्रेम हो भने धोका हुँदैन । धोका भयो भने त्यो प्रेम होइन, जाल मात्र हो ।
सुमन
विश्वास नभएर ।
बिस्मिता
धोकाबिना त प्रेम नै हुँदैन नि ।
बल शाह
प्रेममा धोका हुँदैन । धोका हुनासाथ त्यो प्रेम रहँदैन ।
प्रमिता
मिलनपछि बिछोड हुन ।
गंगा
प्रेममा धोका हँुदैन । जहाँ धोका हुन्छ, त्यसलाई प्रेम भनिँदैन ।
गगन
धोका त मान्छेले पो दिन्छन् । प्रेम आफैंले धोका दिने होइन ।
रोजिता
धोका छ र त प्रेम छ । सबै प्रेम सफल मात्र हँुदा हुन् त संसारमा प्रेम प्रेम नै हँुदैनथ्यो ।
संगीता
प्रेमलाई नबुझ्दाको परिणाम ।
सूर्यबाबु
चाहिनेभन्दा बढी विश्वास गर्दा ।
बिजे राई
माया नपचेर धोका हुन्छ ।
रसिला थापा
दुनियाँको चलन नै यस्तै छ । धेरै माया दियो भने धोका हुँदो रहेछ ।
सुनिल
आपसी असमझदारी बढेपछि धोकाको खेल सुरु हुन्छ ।
अनन्त
जब दुई व्यक्ति सम्पर्कबाट टाढा हुन्छन्, तब उनीहरूको दूरी बढ्दै जान्छ । त्यसपछि एक–अर्कालाई धोका दिनै पर्दैन ।
सुरेन्द
इँटाजत्रो मोबाइल, राँगोजत्रो बाइक तथा अक्सफोर्ड डिक्सनरीजत्रो पर्स नभएर ।
सुशील ओझा
धोका नखाएको मानिसले प्रेमलाई बुझ्न सक्दैन । प्रेमलाई सही तरिकाले बुझ्न प्रेममा धोका हुनुपर्छ अनि कसैको चाहिँ धोकामा पनि प्रेम नै हुन्छ । एकपटक धोकालाई पनि प्रेम गर्नुस अनि प्रेममा धोकाको महत्व थाहा पाउनुहोस् ।
कवि
इच्छा–आकांक्षा बढी भएर होला ।
माधव अधिकारी
अपेक्षा बढी भएर ।
मेरो धरान
लेखान्तमै नभएर ।
सुजन सापकोटा
प्रेमको गलत परिभाषा गर्ने युवापुस्ताको आचरणका कारणले ।
सागर
मधुमेह हुन्छ भनेर हो कि ?
सुनिल मगर
आजकाल प्रेम गरिन्छ र गराइन्छ । समयक्रमसँगै विचार र क्रियाकलापहरू बदलिँदै जान्छन् । समयसँगै पहिलेको जस्तो धारणा र सम्पर्कमा कमी आउँदै जान्छ ।
शुद्धात्मा
प्रकाशित :माघ २३, २०७३
तपाईको प्रतिक्रिया
कमेन्टको लागि यहाँ click गर्नुहोस्
फेसबूक कमेन्ट गर्नुहोस्
फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्