अटायर शोमा नेवारी पहिरन

- साप्ताहिक संवाददाता

माघ २२, २०७३-  


गत शनिबार काठमाडौंमा सम्पन्न ‘अटायर शो’ मा मिस नेवा: ११३७ का २८ जना प्रतिस्पर्धीले क्याटवाक गर्दै नेवारी पहिरन प्रदर्शन गरे । थापाथलीस्थित मुड्स लाउञ्जमा आयोजित उक्त फेसन शोमा मोडलहरूले नेवारी कला तथा संस्कृति झल्कने पहिरनहरू प्रदर्शन गरेका थिए । उनीहरूले प्रदर्शन गरेका पहिरनले इन्द्रजात्रा, गाईजात्रा, दसैं, कुमारी जात्रा, म्हपूजाजस्ता धार्मिक चाडपर्व तथा जात्रालाई समेटेका थिए । ती पहिरनले योमरी पुर्णे, फागु, बेल विवाहजस्ता विविध पक्षलाई समेत झल्काएका थिए । अटायर शोमा उत्कृष्ट पहिरन प्रस्तुत गर्ने प्रतियोगीले माघ २६ गते हुने मिस नेवास्को ग्रान्ड फिनालेमा ‘मिस बेस्ट ड्रेस’को उपाधि जित्ने छिन् ।

प्रकाशित: माघ २२, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्