रामजाने

- साप्ताहिक संवाददाता

माघ २२, २०७३- 

निर्देशक : जनक खकुरेल

संगीत : विनोद खुम्बु

कलाकार : दिनेश शर्मा, रोहित रुम्बा, निशा नेपाल, विशाल लामा, तेज ऐर, खिमु श्रेष्ठ आदि । 

रजनी शर्मा, तुयुलाल महर्जन तथा दक्ष शर्माले निर्माण गरेको चलचित्र ‘रामजाने’मा धेरै पछि दिनेश शर्मा नायकका रूपमा देखा पर्दैछन् । गायक राजेश पायल राईले समेत विशेष भूमिका निर्वाह गरेको चलचित्र ‘रामजाने’ सामाजिक, पारिवारिक तथा प्रेमकथामा आधारित रहेको यसका प्रस्तुतकर्ता एवं नायक दिनेश शर्माले बताएका छन् ।

 

पहिचान नभएको कुनै व्यक्तिलाई समाजले माया गरेको खण्डमा संस्कार सिकेर ऊ राम्रो मान्छे बन्न सक्छ भन्ने विषयलाई यो चलचित्रमा उतारिएको छ । चलचित्रमा तीनवटा गीत छन्, जसलाई सुदूरपश्चिमका महेन्द्रनगर, झल्लारी तथा राजधानीका विभिन्न स्थानमा छायांकन गरिएको छ । चलचित्र ‘रामजाने’का गीतमा राजेशपायल राई, विनोद खम्बू, सचिन राई, मेलिना राई, पदम राई आदि गायक–गायिकाले स्वर दिएका छन् ।

प्रकाशित :माघ २२, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्