कुम्भकर्ण सुन्दरी

- एजेन्सी

माघ २०, २०७३-  

सामान्य वयस्क व्यक्तिहरू दैनिक ८ देखि १० घण्टा सुत्छन् तर बेलायतकी २२ वर्षीया बेथ गोडियर १७ वर्षको उमेरदेखि दैनिक २२ घण्टा सुत्दै आएकी छिन् । बाँकी रहेको दुई घण्टा पनि उनी अर्धनिद्रामै हिँड्डुल गर्ने, खाना खाने, शौच गर्ने आदि काम गर्छिन् । कुनै समय त उनी ६ महिनासम्म यसरी नै सुतेर बिताउँछन् । उनलाई लाग्ने निद्रा र गोडियरको रूपको प्रशंसा गर्दै हालै निर्माण गरिएको डकुमेन्ट्रीमा उनलाई ‘स्लिपिङ ब्युटी’ उपनाम दिइएको छ । 

 

केलिन–लिभिन नामक रोगले ग्रस्त व्यक्तिहरू अत्यधिक निदाउँछन् । यही रोगका कारण गोडियरलाई बढी निद्रा लागेको हो । एक अनुमानअनुसार अहिले बेलायतमा यो रोग लागेर कुम्भकर्ण निद्रामा जाने व्यक्तिहरूको संख्या १ सयको हाराहारीमा छ । बेथकी आमा जेनिनका अनुसार उनी ७५ प्रतिशत समय निद्रामै व्यतीत गर्छिन् । उनलाई हिँड्डुल गर्दा निकै थकाइ लाग्छ । उनलाई चिकित्सककहाँ लान पनि ह्विलचेयरको सहयोग लिनुपर्छ । 

 

प्रकाशित: माघ २०, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्