मीरा राईलाई नागरिक अभिनन्दन

- साप्ताहिक संवाददाता

माघ १९, २०७३-
नेसनल जोग्राफीले विश्वका साहसिक खेलका खेलाडीहरु विच प्रतिस्पर्धा गराएको अनलाईन भोटिङमा ‘एडभेन्चरर अफ दि इयर–२०१७’ को उपाधि जितेकी मीरा राईलाई काठमाडौंमा एक कार्यक्रम आयोजना गरी नागरिक अभिनन्दन गरिएको छ । 

छोटो समयमै अल्ट्रा/ट्रेल रेसमा विश्वमै चर्चित खेलाडीको रुपमा आफुलाई स्थापित गर्दै आएकी मीरा राईलाई वी विल राईज (हामी उठ्ने छौं) फाउण्डेसनले एक कार्यक्रमको आयोजना गरी नागरिक अभिनन्दन गरेको हो । 

अभिनन्दन गर्ने क्रममा मीरा राईलाई गायिका कोमल वली, अभिनेता/उद्घोषक दिनेश डिसी, गायक आनन्द कार्की, सौन्दर्यविद् सिता पाठक, संचारकर्मी प्रभात रिमाल, खेलकुद पत्रकार मंचका अध्यक्ष महेश आचार्य, किर्तिमानी पर्वतारोही फूर्वा तेन्जिङ शेर्पा, संगितकार राजू सिंह र ब्यवशायिले माला र दोसल्ला लगाइदिएका थिए । यसैगरी हामी उठ्ने छौं फाउण्डेसनका संस्थापक एवं हङकङ तेक्वान्दो एसोसिएसनका मुख्य प्रशिक्षक तुलसी गुरुङ र अभिनेत्री श्वेता खड्काले अभिनन्दन पत्र र नगद ५० हजार रुपैंया प्रदान गरेका थिए । राष्ट्रिय फुटबल टिमका प्रशिक्षक एवं पूर्व कप्तान राजुकाजी शाक्यले नेपालको झण्डा विश्वभर फैलाउनु भन्ने शुभकामना दिदैं ठुलो आकारको नेपालको झण्डा हस्तान्तरण गरेका थिए । 

सम्मानले आफुलाई खेलमार्फत् राष्ट्रको इज्जत बढाउने जिम्मेवारी थपेको बताउदैं मीरा राईले भनिन्– यो खेलमा नेपालले धेरै प्रगती गर्न सक्ने देखेको छु । हाम्रो भौगोलिक अवस्थाले हामीलाई यो खेलमा धेरै साथ दिन्छ । यदी कुनै महिला यो खेलमा लाग्न चाहन्छु भनेर आउछन् भने आफु सहयोग गर्न तयार रहेको मीराले बताईन् । 
 

 

प्रकाशित: माघ १९, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्