विवसको गीतमा वर्षा

- साप्ताहिक संवाददाता

माघ १७, २०७३-
संगीतकारद्वय अर्जुन पोखरेल तथा राम सिटौलाका सांगीतिक चेला गायक विवस अर्यालले आफ्नो नयाँ गीत ‘ओठले तिमी नबोले नि...’ गीतको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । गोरखा, फुजेलका विवसले संगीतकार अर्जुन पोखरेलकै संगीत निर्देशनमा तयार भएको गीत गाएका हुन् । यो गीतमा संगीतकार पोखरेलकै संगीत संयोजन छ । विवस विगत पाँच वर्षदेखि संगीतको प्रशिक्षण लिइरहेका छन्।


यूट्युबमार्फत प्रिमियर गरिएको यो गीतमा अभिनेत्री वर्षा राउत तथा मोडल विजन दुवाडीले अभिनय गरेका छन् । काठमाडौंको चोभारसहितका लोकेशनमा छायांकन गरिएको उक्त भिडियोको निर्देशन रमण बस्नेतले गरेका हुन् । पवन गौतमद्वारा छायांकन गरिएको यो भिडियोका सम्पादक सुवास देवकोटा हुन् ।
यस्तो छ भिडियो :

प्रकाशित: माघ १७, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्