मिष्टर नेपाल’को १५ औं संस्करणका लागि आवेदन खुल्ला

- साप्ताहिक संवाददाता

माघ १७, २०७३-  

‘मिष्टर वल्र्ड २०१७’ मा नेपालको प्रतिनिधित्व गर्ने युवा खोज्ने उदेश्यले एक्सपोज नेपाल डटकमले पुरुषहरुको सौन्दर्य प्रतियोगिता ‘मिस्टर नेपाल २०१७’ आयोजनाको तयारी गरेको छ । स्वदेशमा आयोजना हुँदै आएको पुरुषहरुको सबैभन्दा ठूलो प्रतियोगिता मानिएको ‘मिष्टर नेपाल’को १५ औं संस्करणका लागि आवेदन समेत खुल्ला गरिएको एक्सपोज नेपालले एक बिज्ञप्ती मार्फत जनाएको छ ।  युवाको प्रतिभालाई प्रोत्साहित गर्नुका साथै समाजमा जिम्मेवार नागरिक बनाउन यो प्रतियोगीता सहायक सिद्ध हुने बिश्वास कार्यक्र संयोजक अर्चना थापाले बताइन् ।

 

१६ बर्षदेखि ३२ बर्ष ननाघेका युवाले प्रतियोगीतामा सहभागीता जनाउन पाउनेछन् । प्रतियोगिताका लागि आयोजकले काठमाडौं, पोखरा, विराटनगर, चितवन, धरान जस्ता शहरमा अडिसन समेत गर्दैछ । अडिसनबाट छनौट भएका प्रतियोगीले मात्र अन्तिम स्पर्धामा सहभागिता जनाउन पाउने आयोजक संस्था एक्सपोज नेपालका अध्यक्ष दिनेश शाहीले बताए । सहभागीका लागि आवेदन फर्म एक्सपोज नेपालको कार्यालय कुपन्डोल तथा वेभसाइट www. mister nepal.com बाट पनि भर्न सकिनेछ ।

प्रकाशित :माघ १७, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्