मिस कलेजेज् नेपाल २०१७ को उपाधि दिपेशना हमाललाई

- साप्ताहिक संवाददाता

माघ १६, २०७३

 

शनिबार बेलुकी जमलस्थित राष्ट्रिय नाचघरको डबलीको सम्पन्न ‘मिस कलेजेज् नेपाल २०१७’ को उपाधि दिपेशना हमालले जित्न सफल भएकी छिन् । मिस कन्जिनियालिटी अवार्ड पनि हात पारेकी दिपेशनाले आफ्ना चालीस जना प्रतिस्पर्धीलाई पछाडि पार्दै मुख्य अवार्डमा आफ्नो नाम दर्ता गरेकी हुन् । मर्मेड इभेन्टस् एण्ड इन्टरटेन्मेन्ट प्रा.लि.को आयोजना संचालन भएको सो प्रतिस्पर्धामा म्यानेज्मेन्ट च्वाइस अवार्ड सहित रविना थापाले फस्ट रनर अप तथा मल्टिमिडिया अवार्ड सहित निकुञ्ज मोक्तानले सेकेन्ड रनर अप स्थानमा आफ्नो सुरक्षित राख्न सफल भए । 

परिचयात्मक चरण, मौखिक प्रश्न उत्तर चरण तथा फाइनलिष्ट दश जनालाई निर्णायक लिखित प्रश्न उत्तर चरण पछि विजेता निक्र्यौल गरिएको सो प्रतिस्पर्धा रोजिन शाक्यको कोरियोग्राफीमा संचालन भएको थियो । प्रतियोगिताको अन्य उपाधिहरुमा जाङ्मु ल्हामु शेर्पा पर्सनालिटी, समृद्धि रेग्मी वेष्ट वाक, रुपा घले वेष्ट स्माइल, सहारा सिलवाल चार्मिङ, सोफिया बजगाईं पङ्चुयल, अवन्तिका फुयााल वेष्ट स्पीच तर्फ उत्कृष्ट चयन भएका थिए । यसैगरी सालु रौनियार इनोसेन्ट, सायरा शाक्य फोटोजेनिक, दिक्षा रौनियार म्यानेज्मेन्ट च्वाइस, नेहा लिम्बु फेस अफ मित्भाना, अनुरा शाही ट्यालेन्ट, सलिना गुरुङ भिअर च्वाइस तथा प्रतिक्षा प्रसाईं पब्लिक च्वाइस अवार्डमा विजेता चयन भएका थिए ।

प्रकाशित :माघ १६, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्