नेवारी फेशनमा उत्रिए मिस नेवा: प्रतियोगी

- साप्ताहिक संवाददाता

माघ १६, २०७३-
१२ औं मिस नेवा: ११३७ का प्रतियोगीहरुले ‘अटायर शो’ आन्तरगत जातीय पहिरन प्रस्तुत गरेका छन् । नेवार समुदायका विभिन्न चाड पर्वलाई लक्षित गरेर बनाईएका पहिरनहरु उनीहरुले सो क्रममा प्रस्तुत गरे ।

प्रतियोगीले प्रस्तुत गरेका पहिरन इन्द्र जात्रा, गाई जात्रा, दशैं, कुमारी जात्रा, महपुजामा केन्द्रित रहेको थियो । यस्तै योमरी पुन्ही, फागु, बेल विवाह जस्ता विविध पक्ष झल्कने पहिरन पनि प्रतियोगीले मञ्चमा प्रस्तुत गरे । नेवार समुदायले परापूर्व कालदेखि पहिरँदै आएको हाकु पटासी लगायतको पहिरनमा पनि प्रतियोगी मञ्चमा उत्रिए ।

‘नेवारहरुको आफ्नै मोलिक चाडपर्व र पहिरन रहेको छ । उनीहरुको साँस्कृतिक, सामाजिक र धार्मिक पक्ष झल्कने  पहिरनको प्रतिस्पर्धाको लागि अटायर शो गरिएको हो ।’ आयोजक सास्था नेप्लिज फेशन होमकी अध्यक्ष हेमा मानन्धरले बताईन् । अटायर शोमा उत्कृष्ट पहिरन प्रस्तुत गर्ने प्रतियोगिले अन्तिम प्रतिस्पर्धामा ‘बेस्ट ड्रेस’को अवार्ड जित्ने पनि अध्यक्ष मानन्धरले जानकारी गराईन् ।

अटाएर शोका निर्णायकमा प्राईम बैंकमा उपमहाप्रबन्धक भाईराजा तुलाधर, नमुना कलेज अफ फेशन एन्ड टेक्नोलोजीका उपप्रमुख जिवेश्वरलाल श्रेष्ठ, नेपाल बुटिक एसशोसिएसनका संस्थापक अध्यक्ष उज्ज्वलकृष्ण श्रेष्ठ, युएफओका सचिन श्रेष्ठ, उद्योगी प्रदीपमान प्रधान, मेकअप आर्टिस्ट मञ्जु कार्की लगायत थिए । 

मिस नेवामा नेवार समुदायका २८ युवती प्रतिस्पर्धीका रुपमा रहेका छन् । जसमा कृजना डंगोल, स्नेहा महर्जन, आकृति महर्जन, बिनिता डंगोल, मेरिना मानन्धर, गागा देउला, ओमिजिना महर्जन, स्नेहा पुजारी, शिला प्रजापती, सलिना श्रेष्ठ, प्रतिसरा नापित, श्रीजु महर्जन, सविना खड्गी, रोमानी महर्जन, सुमन श्रेष्ठ रहेका छन् । 

यस्तै रोज महर्जन, मुना केसी, पल्पसा श्रेष्ठ, सृष्टी खड्गी, प्रमिला श्रेष्ठ, रोश्ना श्रेष्ठ, ओजस्वी श्रेष्ठ, इसु श्रेष्ठ, समिता श्रेष्ठ, मोनिमा खड्गी, लेनिना बज्राचार्य, आग्या कारञ्जित र जिनु त्वयाना पनि अन्तिम प्रतिस्पर्धी हुन् । । आगामी २६ माघमा राजधानीको कमलादी स्थित प्रज्ञा भवनको प्रेक्षालयमा हुने अन्तिम प्रतिस्पर्धाबाट १२ औं मिस नेवा: को चयन हुने भएको छ ।

 

प्रकाशित: माघ १६, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्