मिस टिन कन्टेस्टको ट्यालेन्ट शो

- साप्ताहिक संवाददाता

माघ १६, २०७३-  

विविध नृत्य, गायन, अभिनय देखाउँदै मिस टिन कन्टेस्ट नेपाल–२०१७ का  प्रतियोगीले आफुमा भएको प्रतिभा प्रस्तुत गरेका छन् । सो प्रतियोगीताको ट्यालेन्ट शो अन्तर्गत उनीहरुले राजधानीमा एक समारोहबीच प्रतिभा प्रस्तुत गरेका हुन् । 

र्‍याम्प जोनद्धारा आयोजित यो प्रतियोगीताका ३२ प्रतियोगीहरूले शनिबार आफुमा रहेको ट्यालेन्ट प्रस्तुत गरेका थिए । जस मध्ये अघिकांश प्रतियोगीले  आधुनिक लोकनृत्य प्रस्तुत गरेका थिए । प्रतियोगीहरुमा अर्पना दयाल, विशेषता शिल्पकार, मिट्ठु थापा, अमिना कालु, अनु मगर, विशाखा भण्डारी, भावना काफ्ले, प्रशुना थापामगर, सविना श्रेष्ठ, अलिशा श्रेष्ठ, सलिना पाण्डे क्षत्री, शर्मिला सापकोटा, राजेश्वरी श्रेष्ठ, शुष्मा लामा, मृदुला गणेश, दीपा तण्डुकार, सम्झना राई रहेका थिए । 

यस्तै पुजा श्रेष्ठ, रोजिना घाजु, प्रियंका थापा, कविना थापा, इशिका शाक्य, अञ्जु थापा, पासाङ ल्हामु शेर्पा, सोनी मगर, सज्दा शाक्य, अन्सु रिमाल, प्रगती राई, अनिता मुखिया, रोजिका पोखरेल र सुदिक्षा राज्यलक्ष्मी शाहले पनि शनिबार ट्यालेन्ट प्रस्तुत गरे ।

ट्यालेन्ट शो को निर्णायकमा नृत्य निर्देशक दीपक बज्राचार्य, गायिका सलिना प्रधान, मोडल सिमरन पन्त र पत्रकार, चलचित्र निर्देशक डब्बु क्षत्री रहेका थिए । आगामी शनिबार माघ २२ गते मिस टिन कन्टेस्ट चयन हुनेछन् ।  

प्रकाशित: माघ १६, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्