अब नेपाली रोडिज

- साप्ताहिक संवाददाता

माघ १५, २०७३-

युवापुस्तामाझ लोकप्रिय एमटिभी रोडिजको नेपाल संस्करण तयार हुने भएको छ । गत आइतबार आयोजित एक समारोहमा सिरिज निर्देशक अमनप्रताप अधिकारीले ठूलो स्तरको अन्तर्राष्ट्रिय फ्रेन्चाइज राष्ट्रिय टेलिभिजनमा प्रसारित हुनु रोमाञ्चक भएको बताए । यसबाट नेपाली प्रोडक्सनलाई अन्तर्राष्ट्रिय स्तर प्राप्त गर्न मद्दत पुग्ने अमनको विश्वास छ । हिमालय टिभीबाट प्रसारण हुने उक्त कार्यक्रमका लागि चितवन, पोखरा, बुटवल, धरान तथा काठमाडौंमा अडिसन लिइनेछ । कार्यक्रमलाई नेपालका पहाडदेखि तराईसम्मका विभिन्न स्थानमा सञ्चालन गरिने बताइएको छ ।

 

भारतको भायकम १८ तथा एमटिभी इन्डियासँगको साझेदारीमा उक्त कार्यक्रम नेपाल आइपुगेको हो । हिमालय टेलिभिजनका कार्यकारी निर्देशक च्याङ अग्रवालले यो सिरिजले नेपालका च्यानलको लोकप्रियतामा समेत वृद्धि गर्ने विश्वास लिएको बताए । हिमालय रोडिजका निर्णायकमा रूपमा दिया मास्के, रेमनदास श्रेष्ठ तथा आशिस राना ‘लाउरे’ छनौट भएका छन् । हिमालय रोडिजका विजेताले नगद २० लाखसहित एउटा बजाज एभेन्जर मोटरसाइकल प्राप्त गर्ने  बताइएको छ ।

प्रकाशित :माघ १५, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्