रंगमञ्चमा फर्किए सरोज

- साप्ताहिक संवाददाता

माघ १५, २०७३

अन्तत: अभिनेता सरोज खनाल लामो समयपछि रंगमञ्चमा फर्किएका छन् । यसै सातादेखि काठमाडौंमा मञ्चन हुन थालेको नाटक ‘१२ दुर्वासा’ अभिनेता खनाल एउटा महत्वपूर्ण भूमिकामा प्रस्तुत भएका छन् । ‘लामो समयपछि रंगमञ्चमा आएकाले उत्साहित छु, अभिनेता खनाल भन्छन्— ‘नाटकमा मैले एक बाबुको दृष्टिकोणमार्फत नेपाली समाजको चित्रण गर्ने प्रयास गरेको छु ।’

 

खनालका अनुसार उक्त नाटकमा राजनीतिक दलहरूद्वारा सिर्जित अन्योलग्रस्त परिस्थितिको समाधान बहसमार्फत गरौं भन्ने जिकिर गरिएको छ । ‘बहसबिना कुनै कुराको निकास पाइँदैन’, खनालले नाटकको मूल मर्म स्पष्ट परेका छन् । अनामनगरस्थित मन्डला थिएटरमा मञ्चन भैरहेको उक्त नाटकको निर्देशन राजन खतिवडाले गरेका हुन् भने अमेरिकी लेखक रेनाल्ड रोजको ‘टुवेल एंग्री म्यान’ शीर्षकको नाटकलाई सुरेश सापकोटाले समसामयिक नेपाली समाजसँग तुलना गर्दै नेपालीमा अनुवाद गरेका हुन् । यो नाटक फागुन १ सम्म मञ्चन हुनेछ । 

 

प्रकाशित :माघ १५, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्