पुरानो डुंगा चिकेन

- साप्ताहिक संवाददाता

माघ १५, २०७३

 

सामग्री :

२ सय ५० ग्राम चिकेन ब्रेस्ट, एक चम्चा ल्वाङको धुलो, एक चम्चा लसुनको टुक्रा, चार चम्चा अदुवाको धुलो, पाँच टुक्रा दालचिनी, अलिकति बेसारको धुलो, उसिनेर बोक्रा छोडाइएको पाँचवटा टमाटर, एक चम्चा हरियो धनियाँ, एक कप प्याजको टुक्रा, तीन टेबुल चम्चा तेल तथा एउटा कागती ।  

 

विधि :

हल्का आँचमा प्यान राख्ने र तेल तताउने, तेल तातेपछि चिकेन हाल्ने । त्यसमा नुन हालेर ५ मिनेट जति चलाउँदै पकाउने । कुखुराको मासु खैरो हुँदै गएपछि उल्लेखित सबै मसला हाल्ने र चलाइरहने । उसिनेर छोडाइएको टमाटर हाल्ने र चलाएर पाँच मिनेटजति छोप्ने । त्यसबाट हल्का पानी निस्कन्छ, पानी सुकेपछि माथिबाट हरियो प्याज तथा हरियो धनियाँको टुक्रा हालेर सर्व गर्ने । माथिबाट हल्का रुपमा कागती निचोर्दा यो परिकार अझ स्वादिलो हुन्छ ।  यो स्न्याक्स रम, ब्रान्डी वा स्कचसँगको राम्रो साथी हुनसक्छ । 

 

प्रकाशित :माघ १५, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्