पोखरामा मिस तामाङ

- राजाराम पौडेल

माघ १३, २०७३-  

दोस्रो मिस तामाङ पोखरा–२०१७ को उपाधि दीप्ति गोम्जा तामाङले जितेकी छिन । उनले मिस ट्यालेन्टको उपाधिसमेत प्राप्त गरिन् । २८५३ औं सोनाम ल्होछारका अवसरमा बैदाम तामाङ सेवा समाजले आयोजना गरेको उक्त प्रतियोगितामा सीता तामाङ मिस ब्युटिफुल विथ पर्पाेजको उपाधिसँगै फस्ट रनर्सअप घोषित भइन् । अरुणा लामाले मिस कन्फिडेन्टको उपाधिसँगै सेकेन्ड रनर्सअपमा चित्त बुझाइन् । 

 

चौथो ल्होछार म्युजिकल फेस्टिभल तथा दोस्रो मिस तामाङका अवसरमा गायक चन्द्रकुमार दोङ्ग तथा गायिका शशिकला मोक्तानले गीत सुनाएका थिए भने एस के डान्स स्कुल तथा मिरुवा समाजका कलाकारहरूले तामाङ सांस्कृतिक नृत्य प्रस्तुत गरेका थिए ।
 

प्रकाशित: माघ १३, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्