कलाकारले तताए रामपुर महोत्सव

- साप्ताहिक संवाददाता

माघ १३, २०७३-  

शिक्षा, स्वास्थ्य, कृषि, व्यापार, पर्यटन र उद्योगको पूर्वाधार, रामपुर क्षेत्रको विकासको आधार’ भन्ने नाराका साथ पुस २७ देखि माघ ८ गतेसम्म सञ्चालित प्रथम रामपुर महोत्सव २ लाख ५० हजार दर्शकले अवलोकन गरेका छन् । उक्त अवसरमा अष्ट्रिज, उँटका साथै फोटो प्रदर्शनी हेर्नेहरू अत्यधिक थिए भने सबैभन्दा बढी आकर्षण सांस्कृतिक कार्यक्रममा रह्यो । महोत्सवमा लोक तथा दोहोरी गायक नारायण रायमाझी, दुर्गा रायमाझी, प्रतिष्ठानका अध्यक्ष बद्री पंगेनी, पुरुषोत्तम न्यौपाने, प्रजापति पराजुली, पशुपति शर्मा, कुलेन्द्र विक, खुमन अधिकारी, शिव हमाल, हुम गैरे, गायक हेमन्त शर्मा, प्रमोद खरेल, कमल खत्री, लोकगायिका राधिका हमाल, जमुना राना, चन्द्रा कार्की, भूमिका गिरी, जानकी तरामी मगर आदिको प्रस्तुति आकर्षणको केन्द्र बन्यो । 

 

उक्त अवसरमा सञ्चालित ‘प्रथम रामपुर आइडल’ को उपाधि रामपुर–१० की दीपा थापाले जितिन् भने रामपुर–२ कै विष्णु थापा फस्ट रनर्सअप घोषित भएकी थिइन् । २४ जना सहभागी यो प्रतियोगिताका अन्तिम तीन प्रतिस्पर्धीमध्येबाट एसएमएस भोटका आधारमा उत्कृष्ट छनौट गरिएको थियो ।

प्रकाशित :माघ १३, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्