कस्तो होला अबको फेसन शैली ?

- साप्ताहिक संवाददाता

माघ १३, २०७३-  

फेसनमा सधैं परिवर्तन, परिमार्जन एवं परिस्कृत स्वरूपले नै चर्चा पाउँछ । समयसँगै नयाँ–नयाँ शैली देखिनु वा पुरानो शैली परिमार्जित हुँदै जानु फेसन संसारको विशेषता नै हो । सन् २०१७ का लागि पनि यस्तै केही पूर्वअनुमान गरिएको छ । यो वर्ष ८० को दशकताका निकै प्रचलित शोल्डर प्याड्सले पुनरावृत्ति पाउने अनुमान गरिएको छ । यसका साथै बक्सी शेपको शोल्डर स्टाइलले पनि पुनरावृत्ति गर्ने अनुमान फेसनविद्हरूको छ । ८० को दशकताका निकै प्रचलित अफ द शोल्डर र वान् शोल्डर टपले पनि यो वर्ष पुनरागमन गर्नेछ । त्यसबाहेक मिड काल्फ लेन्थ पहिरनको प्रभाव पनि देखिनेछ । लङ स्कर्टको हकमा फर्मल, पार्टी वा रेड कार्पेट स्टाइलमा मिड काल्फ स्टाइलले पुनरागमन गर्नेछ । मिड काल्फ लेन्थ शैली स्कर्टमा मात्र नभै कोट र ज्याकेटमा पनि देखिनेछ । 

 

यो वर्ष शियर स्टाइल पनि हिट रहने अनुमान छ । यो स्टाइलमा लङलाइन टप्ससहित पर्पेक्स ट्राउजर, क्रोसे बटम, फिटेड लेस मुख्य आकर्षणका रूपमा देखिनेछन् । यो वर्ष फुसिया शेडको पिंक लोकप्रिय हुने बताइँदैछ । स्प्रिङ–समर कलेक्सनमा कलर ब्लकिङमा समेत यो शेडले प्रधानता पाउनेछ जसको छनक सेलिन, भ्यालेन्टिनो, टपसप, ब्यालेन्सिया, भ्यालेन्टिनो जस्ता ब्रान्डका कलेक्सनमा देखिएको छ ।
यो वर्ष स्लीभमा रफल्स, फ्लुट्सदेखि क्रप्ड, बन्च्ड, ओभरसाइज्ड स्टाइल लोकप्रिय हुने अनुमान छ भने पिन्स स्ट्राइप होस् वा थिक स्ट्राइपको आकर्षण कायमै रहनेछ । विच वेयरदेखि इभिनिङ वेयर, क्याजुयलदेखि पार्टी वा फर्मल वेयरसम्म सेतो रंगले प्रभाव देखाउने अनुमान छ । 

 

यो वर्ष लोकप्रिय हुने अनुमान गरिएको फेसन शैलीमा स्लोगन टिज्लाई पहिलो पंक्तिमा राखिएको छ । समर–स्प्रीङ कलेक्सनमा क्रिस्चियन डिओदेखि प्रबल गुरुङसम्मको कलेक्सनमा स्लोगन टिज्ले प्राथमिकता पाइसकेको छ । स्लोगन टिज्मा वातावरण एवं सामाजिक चेतना जगाउने खालका शब्द वा वाक्यांशसमेत लोकप्रिय हुने बताइएको छ । सन् २०१६ मा निकै लोकप्रिय स्पोर्ट स्टाइलको हुडीले सन् २०१७ मा पनि निरन्तरता पाउनेछ । सडकदेखि महलसम्म हुडीको प्रभाव देखिने फेसनविद्हरू बताउँछन् । 

 

यो वर्ष रफल्स जस्तै फरको प्रयोग पनि निकै बढ्ने देखिन्छ । फुल फर कोटबाहेक फर लाइनिङ भएको पहिरन र कफ्ड ज्याकेटमा पनि फरको प्रयोग बढ्नेछ । स्टोल, र्‍याप, कोलर, पर्स, बुटका विभिन्न स्टाइल, ह्यान्ड ब्याग, पन्जा आदिमा पनि फर प्रयोग हुनेछ । यसैगरी यो वर्ष खाकी र भेल्भेट प्रयोग गरिएका पहिरन पनि लोकप्रिय हुनेछन् । जुत्ताको हकमा किटन हिल्स र र्‍याप एण्ड टाइअप शैलीले पुनरागमन गर्नेछ भने ज्वलेरीमा चोकरको निरन्तरतासँगै स्टेट्मेन्ट पेन्डेन्ट्स, इयर रिङ्स, इयर कफ, ट्विन ब्रासलेटको प्रयोग बढ्ने देखिन्छ । ह्यान्ड ब्यागतर्फ भने सिन्स ब्याग, ओभरसाइज्ड, मिनीब्याग, शोल्डर ब्यागहरूको लोकप्रियता कायमै रहनेछ ।

 

आइलेसको प्रयोग बढ्ने

प्राकृतिक रूपमा आँखाको सौन्दर्य बढाउन नसक्नेहरूको संख्या बढ्दै गएपछि कस्मेटिक कम्पनीहरूको ध्यान त्यस्ता व्यक्तिहरूमा पर्न थालेको छ, जसले सामान्य आइलेस प्रयोग गरेर आँखाको सौन्दर्य बढाउन सकेका छैनन् । उनीहरूलाई मध्यनजर गरेर अहिले बजारमा बाक्ला आइलेसेसहरू उपलब्ध हुन थालेका छन्, जसका लागि सेन्थेटिक र विभिन्न फाइवर प्रयोग गरिन्छ ।

 

पाइजामा

फेसनको संसारबाट हराउँदै गएको पाइजामाप्रति सन् २०१६ मा धेरैको आकर्षण देखियो । सन् २०१७ मा यसको लोकप्रियता अझ बढ्ने फेसन विश्लेषकहरूले बताएका छन् । चौडा आकारको र लगाउँदा सहज हुने भएकाले पनि फेसनप्रेमीहरू पाइजामाप्रति आकर्षित भएको बताइन्छ ।

 

 

गुलाबी रंग 
गत वर्ष सम्पन्न पेरिस फेसन विकमा गुलाबी रंगका पोसाक आकर्षणको केन्द्रमा रहे । उक्त शोमा हट पिंक, रोज पिंक सर्वाधिक मन पराइएका कारण सन् २०१७ मा यी रंगका पोसाकले धेरै फेसनप्रेमीको मन जित्ने अनुमान गरिंदैछ । 

 

फेमिनिस्ट टिसर्ट

विभिन्न भनाइ अंकित टिसर्टको लोकप्रियता पहिले पनि थियो । टिसर्टको आकार र प्रकारमा कुनै परिवर्तन नआए पनि आफूले लगाएको टिसर्टमा आफ्नै भनाइ अंकित गरेर लगाउने चलन सन् २०१७ मा अझ बढ्नेछ । स–साना ब्रान्डले यस्ता किसिमका टिसर्ट निकाले पनि ती स्थानीय तहमा मात्र लोकप्रिय थिए । इन्टरनेसनल ब्रान्ड डिओरले अंग्रेजीमा हामी सबै महिला फेमिनिस्ट स्लोगन राखेर टिसर्ट निकालेपछि यसले बढी नै चर्चा पाएको छ ।

 

 

प्रकाशित :माघ १३, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्