गांगुलीका अनौठा प्रशंसक

- एजेन्सी

माघ १२, २०७३

 

भारतीय क्रिकेटका पूर्व कप्तान सौरभ गांगुली अझै लोकप्रिय छन् । त्यसैले त उनले हालै त्यसको चर्को मूल्य बेहोर्नुपरेको छ । सौरभलाई एक प्रशंसकबाट हुलाकमार्फत तीन चिठ्ठी आएका थिए र तीनैमा हत्याको धम्की दिइएको थियो । बाध्य भएर गांगुलीले यस विषयमा प्रहरीमा उजुरी गरे । पछि प्रहरीले के पत्ता लगायो भने यसरी चिठ्ठी पठाउन अरू कोही नभएर गांगुलीको निकै ठूला प्रशंसक रहेछन्— निर्मल समन्था । उनलाई समातिएको पनि छ ।

 

समन्थाको पूरा घरमा गांगुलीका असंख्य तस्बिर टाँगिएको पाइएको छ । त्यसमध्ये एउटा तस्बिरमा उनले गांगुलीसँग हात मिलाएको क्षण पनि छ । निर्मलले गांगुलीलाई यसरी हत्याको धम्की दिएर किन चिठी लेखे भन्ने कुराको रहस्य भने खुलेको छैन । 

 

प्रकाशित :माघ १२, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्