मेलम्चीको पानी आए के होला ?

- साप्ताहिक संवाददाता

माघ ११, २०७३-  

 

चमत्कार हाम्रो नेपालमा पनि हुँदो रहेछ भन्ने कुरा मान्न कर लाग्छ ।

 

कला सुब्बा, आरजे/कोरियोग्राफर

मज्जासँग काठमाडौं बसेर साग खान पाइएला । 
दिलीप रायमाझी, नायक

देश विकास होला ।
सीता पाठक, सौन्दर्यकर्मी

काठमाडौंवासीको प्यास मेटिनेछ, सहर सफा देखिनेछ । 
राजनराज शिवाकोटी, संगीतकार

पानीको समस्या सहज हुँदा जीवन नै सहज हुनेछ । 
भुवन सुप्तिहाङ राई, गायक

भ्रष्ट नेताहरूलाई नुहाएर चोख्याउनुपर्छ ।
मिलन श्रेष्ठ, चलचित्र सम्पादक

विदेशको तुलनामा स्वदेशमै रमाइलो भन्न पाइएला । 
दुर्गा खरेल, गायिका

कमसेकम घरबाट निस्कँदा लाइन लगाइएका खाली गाग्री र बाल्टिन त हेर्नु पर्दैन । 
सुशील नेपाल, भिजे 

काठमाडौंका जनताका लागि अर्को एक उल्लेख्य उपलब्धि ।
विपिन किरण, गीतकार

पानीको जार किनिरहनु पर्दैन । दिनमा तीन पटक नुहाइन पाइन्छ । 
जीपी तिमिल्सिना, सञ्चारकर्मी

पानीको अभाव पनि नहोस् भन्ने आशा गर्छु । 
रविन श्रेष्ठ, इन्टरप्रेनर

मेलम्चीको पानी पनि आएपछि त बत्ती बालेर नुहाइन्छ । 
दीपकराज गिरी, अभिनेता

काठमाडौंवासीले पूरा निद्रा सुत्न पाउनेछन्, आधा रातमा उठेर पानी भर्नु पर्नेछैन ।
अर्जुन अधिकारी, निर्देशक

काकाकुल काठमाडौं पानी–पानी होला नि । 
उषा शेरचन, साहित्यकार 

मेलम्चीको पानी आएको दिन उपत्यकावासीलाई ठूलो राहत मिल्नेछ, तर त्यो पानी घरबेटीका लागि मात्र नहोस् । 
दीपक शर्मा, संगीतकार 

हामीले कल्पना गरेको सुन्दर सहरमा नभै नहुने खाँचो पूरा हुने थियो । 
अजित घिसिङ, गायक

मेलम्चीको पानी आएपछि एक दिनमा तीन पटक नुहाइन्छ । 
विवेक खतिवडा, भिजे 

काठमाडौंवासीले कमसेकम हप्तामा एकपटक नुहाउने मौका पाउनेछन् । मिनरल वाटरले टाउको धुनु पर्दैन !
उज्ज्वल भण्डारी, अभिनेता

मेलम्चीको पानी आएपछि त्यो डर बगेर जाला कहिल्यै नफर्कने गरी ।
पूजना प्रधान, अभिनेत्री

मेलम्चीको पानी आएपछि आधा रातमा ढुङ्गेधारामा लाइन बसेर एक गाग्री पानीका लागि मारमार गर्नुपर्ने स्थितिबाट मुक्ति पाइन्छ । 
देवकी केसी, गायिका

पानीको समस्या सधैंका लागि हट्नेछ ।
बिरेन श्रेष्ठ, अभिनेता

आउने कुरा त अति राम्रो, तर कहिले आउने हो ? 
गौरा राई, ब्युटिसियन 

सीधा कुरा प्रस्ट विचार, विचरा बोतल र जारका पानी व्यवसायीको विजोक होलाजस्तो छ । 
राम थापा, अभिनेता

मेलम्चीको पानी आयो भने खानलाई मात्र पुग्ने आउला । 
देवीराम पराजुली, अभिनेता

पहिले काठमाडौंमा मेलम्चीको पानी त आइपुगोस् अनि भनौंला नि के हुन्छ भनेर ? 
ईश्वर गुरुङ, संगीत उद्यमी 

काठमाडौंका जनताको जीवनस्तर उकास्न मेलम्चीको ठूलो योगदान रहनेछ । 
विवेक कार्की, अनलाइन व्यवसायी

प्रकाशित: माघ ११, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्