बेनिशा र निखिलबीचको मित्रता
माघ ११, २०७३
दश वर्षभन्दा अघि नायक निखिल उप्रेती आफ्नो चलचित्र ‘चोर सिपाही’को प्रचार–प्रसारका लागि चितवन पुगेका थिए । चितवनमा रेडियोमा काम गरिरहेकी आर जे बेनिशा हमालले उनको अन्तर्वार्ता लिएकी थिइन् । निखिललाई ती आरजेको सम्झना होला– नहोला, आर जेबाट नायिका भैसकेकी बेनिशा हमाललाई चाहिँ सम्झना छ । बेनिशा अहिले चलचित्र ‘किङ’मा निखिलकी नायिका भएकी छिन् । छायांकनका क्रममा बेनिशा र निखिलबीच राम्रो मित्रता पनि भयो । बेनिशा निखिलका केही राम्रा कुराबाट प्रभावित छिन् भने केही बानी सुधार्नु पर्ने सल्लाह दिन्छिन् :
असल बाइटस :
डाउन टु अर्थ : सबैप्रति समान व्यवहार गर्ने र अगाडिको मानिस जस्तो छ त्यस्तै भैदिन सक्ने खुबी छ ।
काममा निष्ठा : कामप्रति उहाँको लगावबाट जो–कोही प्रभावित हुन्छन् । कामका बेला उहाँ अरू केही सोच्नुहुन्न ।
सकारात्मक : एकदमै सकारात्मक विचार भएको व्यक्तित्व ।
प्रेरक : उहाँसँग एकछिन बसियो भने पनि धेरै कुरा सिक्न सकिन्छ । जीवन दर्शनसम्बन्धी प्रसस्त ज्ञान छ।
घमण्ड छैन : फलेको रूख सदा निहुरिन्छ भने झै छ उहाँको स्वभाव ।
खराब बाइट्स
धेरै नै सकारात्मक : कसैले हानी पुर्याउँदैछ भन्ने थाहा पाए भने पनि त्यसलाई सकारात्मक रूपमै लिनुहुन्छ । मेरो विचारमा यति धेरै सकारात्मक हुनु राम्रो होइन ।
धेरै काम गर्ने : ब्याक टु ब्याक काम गरिरहनु भएको छ । अलिक छनौट गरेर काम गर्नुभयो भने उहाँका प्रशंसकहरू पनि खुसी हुन्छन् ।
मिस्टर एस : कसैको चित्त दुखाउन मन नलाग्ने भएकाले कसैले केही कुरा भन्यो भने पनि हुन्छ भनिहाल्ने बानी छ । अरूलाई नाइँ भन्न नसक्नु उहाँको कमजोरी हो ।
सेफ्टी छैन : आफैं स्टन्ट गर्नुहुन्छ, तर सेफ्टी लिने बानी छैन । जुन शारीरिक रूपमा हानिकारक हुनसक्छ ।
सिक्सप्याक : धेरै व्यस्त भएकाले होला शारीरिक व्यायाममा पर्याप्त समय दिन भ्याउनुहुन्न, तर मलाई उहाँको सिक्सप्याक हेर्न मन छ ।
प्रकाशित :माघ ११, २०७३



















तपाईको प्रतिक्रिया
कमेन्टको लागि यहाँ click गर्नुहोस्
फेसबूक कमेन्ट गर्नुहोस्
फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्