ट्रेन्डी पहिरनका लागि पेज थ्री खुल्यो

- साप्ताहिक संवाददाता

माघ १०, २०७३- नयाँ फेसनका ट्रेन्डी पहिरन नेपाली फेसनमा जगतमा विस्तार गर्ने योजनाका साथ राजधानीको ज्ञानेश्वरमा आजदेखि पेज थ्री संचालनमा आएको छ । 

विशेषगरी बलिउड डिजाइनमा पनि ग्लोबल मार्केटमा रुचाइएका अर्थात् छनोटमा परेका एसियन स्टाइलका महिला र पुरुष दुवैलाई हुने आकर्षक पहिरन पेज थ्रीले राजधानी भित्र्याएको हो । उपत्यकाकै बृहत् र ठूलो लगानीमा खुलेको पेज थ्रीको शुभारम्भ गायिका इन्दिरा जोशी, साप्ताहिक/नारीका प्रधान सम्पादक सुवास ढकाल, वरिष्ठ सौन्दर्यविद् सीता पाठक, सौन्दर्य व्यवसायी सुष्मा महरा एवं विजनेस वुमन राधिका कटुवालले संयुक्त रूपमा रिबन काटेर गरे ।

नेपालमा बढ्दै गएको फेसन पारखीको जमातलाई मध्यनजर गर्दै खुलेको पेज थ्री नौलो ट्ेरण्डका साथ संचालनमा आएको र यहाँ बलिउड र कलिउडका ट्रेन्डी पहिरन डिजाइन गरिने डिजाइनर प्रेम देवले बताए । लामो समयदेखि डिजाइनमा आबद्ध प्रेम देव र फेसन डिजाइनमा अब्बल डिजाइनर रेखा मित्रुकाले संयुक्त लगानीमा पेज थ्री संचालनमा ल्याएका हुन् ।

पेज थ्रीमा ३ हजारदेखि २ लाख रुपैयाँ मूल्य पर्ने महिला तथा पुरुष दुवैका पहिरन उपलब्ध छन् ।  बलिउड र कलिउडमा चलेको ट्ेरन्ड तथा ग्राहकको मागअनुसार सामान्यदेखि लिएर रोयल लुक्स प्रदान गर्ने उच्चकोटीका पहिरन पेज थ्रीले एकै छानामुनि उपलब्ध गराउँछ ।

तस्विरहरु : महेश प्रधान /नवराज वाग्ले  

 

प्रकाशित :माघ १०, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्