मिस कलेजेज् नेपालका लागि ४५ जनाको भिडन्त

- साप्ताहिक संवाददाता

माघ १०, २०७३-
कलेज अध्ययनरत युवतीहरूको व्यक्तित्व, बौद्धिकता, प्रतिभा र सौन्दर्यमा केन्द्रित प्रतियोगिता ‘मिस कलेजेज् नेपाल’ को दोस्रो संस्करणको फाइनल प्रतिस्पर्धा यही माघ १५ गते सम्पन्न हुँदैछ । 

राजधानीको जमलस्थित राष्ट्रिय नाचघरको डबलीमा संचालन हुने प्रतियोगिताका लागि ४५ जना छात्राहरु उपाधि भिडन्तमा सहभागि रहेका छन् । विगत चार साता यताबाट प्रतियोगिताका लागि आफूलाई तयार गर्दै आइरहेका छन् । यस बाहेक संचार, फेसन, मेकअप, स्वास्थ्य, व्यक्तित्व विकास, फिटनेस लगायतका विषयमा पनि उनीहरुको विभिन्न व्यक्तिबाट साक्षात्कार भएका छन् । मर्मेड इभेन्टस् एण्ड इन्टरटेन्मेन्टको आयोजनामा सम्पन्न हुने यो प्रतियोगितामा विजेता बाहेक रनर अप तथा अन्य विविध विधामा विजेता चयन गरिनेछ ।

प्रकाशित: माघ १०, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्