हर्के हल्दारको ३ सय भाग पूरा

- साप्ताहिक संवाददाता

माघ ९, २०७३

 

कान्तिपुर टेलिभिजनबाट प्रत्येक बुधबार राति ९ बजे प्रसारण हुँदै आएको हास्य श्रृंखला ‘हर्के हल्दार’ ले प्रसारणको ३ सय भाग पूरा गरेको छ । सञ्चारकर्मी प्रकाश सुवेदीद्वारा निर्देशित यो श्रृंखलामा अभिनेता विष्णु सापकोटा लाहुरे तथा हर्केको दोहोरो भूमिकामा छन् । अभिनेत्री आशा खड्काले पनि यो श्रृंखलामा आशा तथा सुकमायाको दोहोरो चरित्र निर्वाह गरेकी छिन् । त्यसबाहेक श्रृंखलामा रोशनी सापकोटाले बाटुलीको भूमिका निर्वाह गरेकी छिन् भने सरु दाहाल देउतीको भूमिकामा छिन् ।

 

श्रृंखलामा उत्तम कोदे, शिवहरि बैरागी नेपाल, इन्द्रदोङ लामा, आरती हाल्मो, दीपिका भट्ट, सूरवीर पण्डित, राजकुमार देवकोटा आदि कलाकार पनि महत्वपूर्ण भूमिकामा छन् । गत बुधबारको श्रृंखलामा श्रृंखलाको छायांकनस्थल महांकाल, धर्मस्थलीमा केक काटेर खुसीयाली साटासाट गरिएका दृश्यसमेत समावेश गरिएको निर्देशक सुवेदीले बताएका छन् । 

 

प्रकाशित :माघ ९, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्