दुम्जा कलायात्रा

- साप्ताहिक संवाददाता

माघ ८, २०७३-

ग्रामीण क्षेत्रमा कला जागरण तथा आन्तरिक पर्यटन प्रवद्र्धनको उद्देश्यसहित गत पुस २४ देखि २९ गतेसम्म सिन्धुलीको दुम्जामा ‘दुम्जा कला यात्रा–२०७३’ सम्पन्न भएको छ । कलाकार सुरेम देशारको संयोजकत्वमा उक्त कलायात्रामा पाँच जना कलाकार सहभागी थिए ।

 

धरणीधर स्मृति पुस्तकालयद्वारा आयोजित उक्त कलायात्राका क्रम मा सुरेम देशार, अनिल महर्जन, जयराम महर्जन, सुरेन्द्रराज अधिकारी तथा राजेन्द्र देशारले दुम्जाको रमणीय प्राकृतिक वातावरणमा घुम्दै विभिन्न चित्र तथा मूर्तिकला सिर्जना गरे । दुम्जा–५ बालुवाटारस्थित देवीस्थानबाट प्रारम्भ भएको उक्त कलायात्रा आँपघारीमा पुगेर सम्पन्न भएको थियो । कलायात्राका सिर्जनाहरू आगामी माघ २४ गते जागरणकवि धरणीधर कोइराला जयन्तीका दिन दुम्जामै प्रदर्शन गरिनेछ । 

प्रकाशित :माघ ८, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्