राम्री केटीमा अनुप

- साप्ताहिक संवाददाता

माघ ६, २०७३

दर्शक स्वयं पात्र बनेर कथामा सक्रिय भूमिका निर्वाह गर्दै कथा अघि बढाउने रंगमञ्चीय प्रक्रिया ‘स्पेक’अन्तर्गतको फोरम थिएटर केही दिनयता मोरङका गाविसहरूमा प्रस्तुत भैरहेको छ । लिनोएस युनिभर्सिटी स्वीडेन, काठमाडौं मेडिकल कलेज एवं एक्टर्स स्टुडियोको संयुक्त प्रस्तुति ‘स्पेक’ अन्तर्गतको नाटक ‘राम्री केटी’मा अनुपले घरेलु हिंसा, महिला बेचबिखेन आदि विषय समेटिएका छन् । फोरम थिएटरमा नाटक सकिँदा–नसकिँदै दर्शकलाई बहसकर्ताका रूपमा नाटकमा प्रवेश गराइन्छ । दिया मास्केद्वारा अभिनीत यो नाटकको निर्देशन अनुप बरालले गरेका हुन् । 

 

प्रकाशित :माघ ६, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्