केराको बोक्राको औषधीय प्रयोग

- साप्ताहिक संवाददाता

माघ ४, २०७३- 

  • केराको बोक्रा प्रयोग गरेर पनि स्वास्थ्य लाभ गर्न सकिन्छ । 
  • पीडा हुने ठाउँमा केराको    बोक्रा पिसेर लगाउँदा आराम मिल्छ । 
  • कीराले टोकेको वा अरू कुनै कारणले पोलेको वा जलन भएको ठाउँमा केराको बोक्रा रगड्दा आराम हुन्छ । 
  • केराको बोक्रा कुहिना तथा घुँडाका कठोर छालालाई सुन्दर र मुलायम बनाउन प्रयोग गर्न सकिन्छ । 
  • अनुहारको तीलकोठीमा पनि केराको बोक्रा रगड्नाले फाइदा हुन्छ । 
  • कुनै कारणले छालामा दाग देखिए केराको बोक्रा रगड्दा दाग हराउँदै जान्छ । 
  • दाँतलाई प्राकृतिक रूपमा चम्काउन पनि केराको बोक्रा प्रयोग गर्न सकिन्छ । 
  • केराको बोक्रामा पाइने ल्युटेन नामक एन्टिअक्सिडेन्टले आँखालाई सुरक्षित राख्छ । त्यसका लागि केराको बोक्रालाई आँखामा पाँच मिनेटसम्म राख्नुपर्छ । 

 

प्रकाशित :माघ ४, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्