सेरेनाको इन्गेजमेन्ट

- साप्ताहिक संवाददाता

माघ ३, २०७३

विश्व नम्बर १ को स्थान गुमाएकी टेनिस खेलाडी सेरेना विलियम्सले आफ्नो जीवनका सम्बन्धमा महत्त्वपूर्ण घोषणा गरेकी छिन् र त्यो हो, आफ्नो इन्गेजमेन्टको । अफ सिजन चलिरहेको हुँदा बिदा मनाइरहेकी ३५ वर्षीय सेरेनाले ट्विटबाट रेडिटका सह–संस्थापक एलेक्सिस ओहानियनसँग इन्गेजमेन्ट गरेको बताएकी छिन् ।

 

एलेक्सिस ३३ वर्षका भए । सेरेनाले आफ्नो विवाह कहिले हुनेछ भन्ने कुरा भने बताएकी छैनन् । आफ्नो इन्गेजमेन्टका सम्बन्धमा जानकारी दिने क्रममा सेरेनाले ट्विटमा कविता पनि लेखेकी छिन् । जवाफमा एलेक्सिसले ट्विटरबाटै सेरेनाको आगमनले आफ्नो जीवनमा धेरै खुसी ल्याएको बताएका छन् । 

प्रकाशित :माघ ३, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्