फोहर फ्याँक्न नपाइने नियम पालना भएको छ ?

- साप्ताहिक संवाददाता

माघ २, २०७३- 

सयमा दश प्रतिशत पनि पालना भएको छैन । नियम बनाएपछि कडाइका साथ लागू गरे मात्र टेर्ने बानी लागेको छ । 

जेनिशा केसी, नायिका

विदेशमा जसरी धेरै जरिवाना लिने नियम बनाए मात्र पालना होला कि ?

धीरज राई, गायक

मैले त पालना गरेको छु, अरूको चाहिँ भन्न सक्दिनँ । 

अरुण तिवारी, गीतकार

मानिसमा केही न केही मात्रामा सचेतना आएको छ । यसका लागि व्यापक रूपमा जनचेतना अभियान सञ्चालन गर्नुपर्छ । 

विनोद केसी, डीएसपी, नेपाल प्रहरी

नियम त के पो पालना भएको छ र ? न नागरिकले नियम पालन गर्छन्, न त सम्बन्धित निकायले नियमन नै गर्छ । 

हेमराज भण्डारी, नेता, नेकपा माओवादी

खासै छैन, फोहोर गर्नु हुँदैन भन्ने कुरा भित्री मनैदेखि आउनुपर्छ ।

विश्वबन्धु बगाले, बालरोग विशेषज्ञ 

मैले त पालना गरिरहेकी छु । 

हरिशा बानियाँ, नायिका

नियम त राम्रो हो, तर पालना भएको छैन । विभिन्न स्थानमा फोहोर फाल्ने भाँडा राखियो भने सर्वसाधारणलाई अनुशासनमा बस्न सजिलो हुन्छ । 

देविका बन्दना, गायिका

१ सय प्रतिशत छैन । 

मौनता श्रेष्ठ, चलचित्र लेखक

नियमको पालना त केही हदसम्म भएको छ, तर थुक्न रोकिएको छैन अझ बढेको छ । 

कोमल वली, गायिका

५ प्रतिशत पनि छैन । आफ्नो घरअगाडि त सफा गर्दैनन् । सार्वजनिक स्थलको के वास्ता ?

मञ्चिन शाक्य, नायक/मोडल

जस्ताको तस्तै छ ।

जुपिटर प्रधान, चित्रकार

नियम बन्यो, विकल्प निस्किएन ।

दीपक शर्मा, संगीतकार

यो नियम लागू गराउन एक नेपालीका पछाडि एक जना प्रहरी चाहिन्छ ।

एकनारायण भण्डारी, गीतकार

कस्तो–कस्तो प्रश्न सोध्नुहुन्छ ? लाग्छ कि म लोकसेवाको परीक्षा दिँदैछु ।

नीराजन प्रधान, मोडल

मलाई त त्यस्तो लाग्दैन, तर हरेकले आजैदेखि यो नियम पालना गर्ने हो भने एक दिन हाम्रो सहर मात्र होइन, देश नै स्वच्छ हुने कुरामा दुईमत छैन । 

ऋषिराज आचार्य, निर्देशक

मैले त त्यस्तो अनुभव गर्न पाएकी छैन, तर आशावादी भने छु । 

पूनम गौतम क्षेत्री, डिजाइनर

आंशिक हो कि जस्तो लाग्छ । पहिलेभन्दा अलि सुधार भएको हो कि ? 

पर्शुराम रिजाल, संगीतकर्मी 

नियम असाध्यै राम्रो छ तर हाम्रो देशमा नियम हुन्छ त्यसको पालना हुँदैन ।  नियम पालना भए राम्रो, नत्र त हात्ती आयो हात्ती आयो फुस्सा । 

घनश्याम गौतम, हास्यकलाकार 

सार्वजनिक स्थलमा फोहोर फ्याँक्न नपाइने नियम कहीँ–कतै पालना भएको छैन । काठमाडौंका प्रमुख सडकको किनारमा समेत यत्रतत्र फोहोर देख्न सकिन्छ । 

सूर्य चन्द, सञ्चारकर्मी

यसलाई नियम नभनी हामी आफैंले यो कुरालाई ह्दयदेखि पालना गर्नुपर्ने हो तर नियम पालना भएको कहीं–कतै देखिँदैन ।

राज लुइँटेल, मोडल 

 

नियम नै बनेपछि पालना गर्नुपर्ने हाम्रो कर्तव्य हो । सम्भवत: नयाँ नियम भएकाले पालना हुन समय लागेको होला । 

सरोज प्याकुरेल, संगीतकार

 

प्रकाशित :माघ २, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्