अभिनेत्री नम्रता श्रेष्ठको लभ मन्त्र

- साप्ताहिक संवाददाता

माघ १, २०७३- 

  • माया त्यस्तो चिज हो जुन एक–अर्काबिना अधुरो र अपुरो हुन्छ । 
  • माया धेरै किसिमका हुन्छन् तर बुवा–आमाले गर्ने माया र अरूले गर्ने मायामा आकाश–पातालको फरक हुन्छ । 
  • प्रेमबिनाको जीवन आत्माबिनाको शरीरजस्तै हुन्छ । 
  •  माया पाउँदा खुसी हुने, धोका पाउँदा रुने । यो पनि एक किसिमको प्रेम नै हो । जसलाई माया गर्न आउँछ, उसले हँसाउन पनि जानेको हुन्छ अनि रुवाउन पनि । 
  • प्रेम अजर अनि अमर हुन्छ । मुना–मदन तथा लैला–मजनुको प्रेम त्यसका उदाहरण हुन् । 
  •  प्रेमले प्रेमी–प्रेमिकालाई बाँच्ने साहस, हौसला एवं प्रेरणा दिनुका साथै हरेक पाइलामा साथ दिन्छ ।
  • त्यस्तो प्रेम सफल हुन्छ, जसमा एक–अर्काबीच विश्वास हुन्छ ।

प्रकाशित :माघ १, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्