२०१६ का टपटेन फेसबुक सेलिब्रेटी

- रामजी बलामी

माघ १, २०७३-  

व्यवहारिक सेलिब्रेटी र फेसबुक सेलिब्रेटी भिन्न कुरा हुन् । कोही व्यवहारमा सेलिब्रेटी भएर पनि फेसबुकमा खासै चर्चामा छैनन् तर कतिपय भने सोसियल मिडियामार्फत नै एकाएक सेलिब्रेटी बन्न सफल भएका छन् । नेपालका सेलिब्रेटीहरू पनि सोसियल मिडिया क्रेजी छन् । नेपाली सेलिब्रेटीहरूको कुरा गर्नुपर्दा महिला सेलिब्रेटीहरूको बाहुल्यता छ अर्थात टप १० मध्ये ९ जना महिला सेलिब्रेटी छन् । सोसियल वेकर्स डटकमका अनुसार नेपालका यी सेलिब्रेटीहरू फेसबुकमा सर्वाधिक मन पराइएका सेलिब्रेटी बनेका छन् ।

 

रेखा थापा
फेसबुकमा सर्वाधिक लाइक कमाउन सफल सेलिब्रेटी हुन् फिल्म निर्मात्री एवं 
अभिनेत्री रेखा थापा । कुनै बेला सेक्सी हिरोइनको उपमा पाएकी थापा पछिल्लो समय सामाजिक कार्यमा समेत संलग्न छिन् । निर्माता छवि ओझासँगको विवाह र डिभोर्स, प्रधानमन्त्री पुष्पकमल दाहालसँगको डान्स, माओवादी परित्याग, चलचित्रको प्रस्तुति एवं विभिन्न गसिपका कारण उनी निरन्तर चर्चामा छिन् । उनको नाममा दर्जनौं फेसबुक पेज तथा प्रोफाइल बनेका छन् । थापाको आधिकारिक पेजमा ३० लाख ६४ हजार ६५१ लाइक छ । 

 

अन्जु पन्त
फेसबुकमा सर्वाधिक लाइक पाउने नेपाली सेलीब्रेटीहरूको सूचीको दोस्रो स्थानमा छिन् गायिका अन्जु पन्त । उनले गाएका लोकप्रिय गीत एवं विभिन्न वादविवादका कारण अन्जु सधैं चर्चामा छिन् । अन्जुको आधिकारिक पेजमा १९ लाख ४१ हजार २ सय ३ लाइक छ । 

 

मुना थापा मगर
गायिका मुना थापा मगर पनि फेसबुकमा हिट छिन् । लोक सांगीतिक क्षेत्रकी लोकप्रिय गायिका मगरको आधिकारिक फेसबुक पेजमा १७ लाख ७९ हजार ७ सय ६० लाइक छ । 

 

प्रियंका कार्की
अभिनेत्री प्रियंका कार्की फेसबुक हिरोको चौथो स्थानमा छिन् । उनको नाममा दर्जनौं फेसबुक प्रोफाइल तथा पेजहरू बनेका छन् । उनको आधिकारिक पेजमा १७ लाख १८ हजार ४ सय २० लाइक छ । प्रियंका अहिलेकी व्यस्त नायिका हुन् ।

 

नम्रता श्रेष्ठ
अभिनेत्री नम्रता श्रेष्ठ पनि फेसबुक फेमस सेलिब्रेटी हुन् । उनको आधिकारिक पेजमा १४ लाख ६४ हजार ७ सय २५ लाइक छ । नम्रता विभिन्न रिलेसनसिप, गसिप तथा चलचित्रका कारण चर्चामा छिन् । 

 

सुनिता दुलाल
गायिका सुनिता दुलाल पनि फेसबुक सेलिब्रेटी हुन् । विशेष गरी तीज गीतमा जमेकी सुनिता लोक सांगीतिक क्षेत्रमा क्रियाशील छिन् । उनको आधिकारिक फेसबुक पेजमा १३ लाख ९५ हजार ७ सय ६ लाइक छ । 

 

यम बुद्ध
सर्वाधिक लाइक पाउनेहरूको सूचीको सातौं स्थानमा छन् एकमात्र पुरुष यम बुद्ध । उनको आधिकारिक पेजमा ११ लाख ३३ हजार ९८ लाइक छ । यम बुद्धका प्रस्तुति युवाहरू माझ निकै लोकप्रिय छन् ।

 

माल्भिका सुब्बा
पूर्वमिस नेपाल माल्भिका सुब्बा पनि फेसबुक सेलिब्रेटी हुन् । उनी आफ्नो फेसबुकमार्फत समसामयिक घटनाक्रम र विषयवस्तुमाथि आफ्नो धारणा अपडेट गरिरहन्छिन् । उनको फेसबुक पेजमा ९ लाख २० हजार २ सय ६४ लाइक छ ।
 

सुष्मा कार्की
अभिनेत्री तथा डान्सर सुष्मा कार्की पनि फेसबुककी चर्चित सेलिब्रेटी हुन् । चलचित्र लुटको ‘उध्रेको चोली’ गीतमा कामुक नृत्य गरेर चर्चामा आएकी कार्की अचेल नृत्यमै व्यस्त छिन् ।
 

केकी अधिकारी
नायिका केकी अधिकारी पनि फेसबुकको टपटेन सूचीमा अटाएकी छिन् । उनको आधिकारिक फेसबुक पेजमा ६ लाख ६४ हजार १ सय ५० लाइक छ । 

 

प्रकाशित: माघ १, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्