नरबहादुरको सेटलमेन्ट्स

- साप्ताहिक संवाददाता

माघ १, २०७३-
कलाकार नरबहादुर तामाङको एकल चित्रकला प्रदर्शनी ‘सेटलमेन्ट्स–२’ ठमेल, चाक्सीबारीस्थित मिथिला येँ आर्ट ग्यालरीमा जारी छ । आगामी मंगलबारसम्म चल्ने उक्त चित्रकला प्रदर्शनीको उद्घाटन अग्रज चित्रकार कृष्ण मानन्धरले गरेका थिए ।  

 

पञ्चासे चिनाउने तस्बिरहरू
कास्की, पर्वत र स्याङ्जा जिल्लाको सिमाना पञ्चासेलाई चिनाउने तस्बिरहरूको प्रदर्शनी पोखरामा सम्पन्न भएको छ । पोखरा फोटोग्राफर संघद्वारा आयोजित उक्त प्रदर्शनी दुई दिन चलेको थियो । ड्यामसाइडस्थित नेपाल पर्यटन बोर्डको परिसरमा चलेको यो प्रदर्शनीमा प्राकृतिक, जैविक, ऐतिहासिक एवं धार्मिक स्थल पञ्चासेलाई चिनाउने खालका तस्बिर राखिएका थिए । प्रदर्शनीमा पोखरादेखि पञ्चासे, चित्रेसम्मको फोटोग्राफी यात्राका क्रममा खिचिएका १ सय ५० तस्बिरमध्ये छनौटमा परेका ४० उत्कृष्ट तस्बिर प्रदर्शित गरिएको बताइएको छ । 

 

प्रकाशित :माघ १, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्